मोह, लोभ, त्याग र समाधान, अलग छन् यी चार शब्द विज्ञान। फरक छन् पक्कै निसन्देह। फरक भित्रभित्र आबद्ध यो चेत देख्छ। प्रयास जारी राख्ने मन लगाउँदै छु। अलगअलग, फरकफरक छन् यी चार शब्द पक्कै।
घचघच्याउँछ मन चेत, ब्रह्मसम्मै गढाएर! चेत ब्रह्मसम्म गढेपछि हुटहुटी टन्किँदो रहेछ। टन्किँदै छ मन यो। लगामबिनाको घोडातुल्य। माहुतेबिनाको हात्ती समान। गुम्साउन चाहन्न भित्री चेतानुराग। त्यसै उसै। गुम्साएर कुहिन्छ, सड्छ। विवेक-ब्रह्मलाई पुर्याएर चोट, सकिन्न बचाउन आत्मसम्मान साधना। दृढता आफ्नै। चाहें, प्रक्षेपण गर्न समाज-पाठक माझ ! स्वातंय आआफ्नै। सर्वमान्य चेताग्नि-विवेक-ब्रह्म लहलहाउँदो। वर्ण विन्यास, रूपरङ्गभन्दा अलग। भूगोल, सतह, अवस्थिति जमिनको। उचाइ, समथल, गहिराइ, खोंचको अन्तर भेदभावबिना। निष्कपट, बिनाछलछाम, बहार सदासदाकै। जय शम्भो! हरहर महादेव! पशुपतिनाथ!
मोह, लोभ, त्याग र समाधान, अलग छन् यी चार शब्द विज्ञान। फरक छन् पक्कै निसन्देह। फरक भित्रभित्र आबद्ध यो चेत देख्छ। प्रयास जारी राख्ने मन लगाउँदै छु। अलगअलग, फरकफरक छन् यी चार शब्द पक्कै।
प्रभातमै बिउँझाउँछ चेत यस आत्मालाई। नित्यकर्म मलमूत्र त्याग शिरपाउ पखालपुखुल। मुख कुल्लाकफ, विकार फालेर अङ्गप्रत्यङ्ग शुद्धीकरण। प्रभातकालीन नित्यधाम। राख्दो रैछ चेत हाम्रालाई विचलनबाट बचाउन। पलपल पलापलामा, घडिघडिमा।
आत्मरक्षाको साधना-योग! परस्पर जुटेका छन् चालै नपाइने चालले अविराम ! सखारै छोराबुहारी डोलेश्वर महादेव कता कहाँ, प्रभातफेरि चहार्दै सातबजे निष्ठा छेँ (घर) फिर्छन्। उनीहरूका हुन् दैनन्दैनिक मस्ती। मेरो चहार अचेल कोठा एकतमास। रोजरोज सदाबहार! जीवनाधार बराबर जीवन आधार।
देववाणी संस्कृत भाषामा अघिल्ला र पछिल्ला दुवै शब्दको उच्चारण ‘अ’ हुँदा जीवनभन्दा ‘न’ पनि ‘अ’ बाट अन्त्य हुन्छ। आधार पनि ‘अ’ नै हुन्छ। संयोग दुई ‘अ’को मिलन ‘आ’ बन्दो रैछ। जीवन जोड आधार बराबर जीवनाधार। बहकिन पुग्छु लेख्दावर्दा। विवेक ब्रह्मले डोर्याई पुर्याउँदो ठम्याइ मेरो।
प्रभातमै बिउँझाउँछ चेत यस आत्मालाई। नित्यकर्म मलमूत्र त्याग शिरपाउ पखालपुखुल। मुख कुल्लाकफ, विकार फालेर अङ्गप्रत्यङ्ग शुद्धीकरण। प्रभातकालीन नित्यधाम। राख्दो रैछ चेत हाम्रालाई विचलनबाट बचाउन। पलपल पलापलामा, घडिघडिमा।
निबन्धको निर्बन्धता यस्तैयस्तै! निबन्धको पर्याय स्वछन्द झैं हो। स्वछन्दताले चहार्छ निर्बन्धता। निर्बन्ध चाहारले फन्कँदै पार्छ फेला आयामिकता। आयामिकता फन्कोमा परिणत हुँदो रै’छ। लहर लहराउँछ भित्रभित्रै। आहा! अनुपम! आयामिक चाहार यो लेखनीको मूलाधार! मुलाले माटो खन्दै भित्र चहार्छ गाड्दै आफैलाई। मोटाउँछ मुला ठुलो आकार पार्दै आफूलाई! विपरीत छु म मुलाको प्रवृत्तिदेखि। विचरण मेरो भूतल अनि माथि माथि मानव समाजभन्दा पनि माथि, माथि व्योमसम्मै। व्योम आकाशभन्दा अझै कता कता अनकन्टार अन्तरिक्षका ग्रहहरूसम्मै!
सौर्यमण्डल हाम्रा नवग्रह अवधारणा आधारित। अर्वाचिन अनुसन्धानमा आधारित विज्ञान बक्छ-सौर्यमण्डलमा नवग्रह छैनन्। पत्याऔं नपत्याऔं, धारणा आआफ्नै। अँठ्याउँदो छैन-लोकको तन्त्र। लोकतन्त्र ! जयतु संस्कृतम्बाट २००४ मै आरम्भ गरेको। धोतीकुर्ता पहिरनबाट आरम्भ भएको। श्रीप्रसाद आचार्यले शुभारम्भ गरेको। जागरण अभिज्ञानका पाइलाहरू। दिगन्त चहार्दो आनन्दी आन्दोलनका नाभी ! यस्तै छन्। रहनेछन्, रहिरहने मनोकामना !
निबन्धको निर्बन्धता यस्तैयस्तै! निबन्धको पर्याय स्वछन्द झैं हो। स्वछन्दताले चहार्छ निर्बन्धता। निर्बन्ध चाहारले फन्कँदै पार्छ फेला आयामिकता।
चिप्लेटिन्छन् यदाकदा। यसै उसै लरबरिएर पाइला। लरबर धलमल मात्र पाइलाका कहाँ कमजोरी? अन्दाजकै चुक् पनि। सल्लाह गर्छ मन यो। गढेर गहिरो अन्तरालसम्म। झल्यास्स भइन्छ, आफैमा आफैसित। झल्यासिन मात्र चिम्लन झर्को मान्नुछैन। हुँदैन नै। आफैसित गर्दो हुन्न झर्कीवर्की ! सल्लाह गमेर। प्रसङ्ग हाम्रो मोह, लोभ, त्याग, समाधान। मननयन जोडी।
मोहित पार्ने द्वार। यी, ती जब देख्छन्, हेर्छन्, मनमुग्ध हुन्छन्, हुन पुग्छन्, चालबिनाका गतिले। लुसुकलुसुक गतिहीन पाइला, पाइलाबिनाको गति। हुँदैनन् गतिबिनाका छद्म भेदी परन्तु। लोभलाग्दो वस्तुभाव नयनजोडीकै बन्छ करामत पहिलो। व्यक्त गर्नु नगर्नु स्वतन्त्र आआफ्नै। उदार मनस्कता स्वछन्द बन्छ। फिरिरिरि !
यो जीवनको प्रहर लज्जाबाट बनेर टाढा बक्ने जीवन यौवनका महात्म्य हजार। सम्भव छैन तर फलाक्न हराएको होस्जस्तो जिउले झैं ! चाहिन्छ संयम, दृढ मन मस्तिष्क यसनिमित्त। हल्लन नदिई हाँगो एउटै। झर्न नदिई एउटै पात। हराभरा पातजीवनको यौवन। यौवन हरियाली। हरियाली यौवन।
आकर्षणमय जीवन। उसबेला ताक्छन् ताकाताक। नहेरेझैं हेरेर चोर नजरले। पक्कै नयन–वाण हानेर। मुटुछेद काव्य रचना–संरचना। रचेर रचिन्न। रच्छु भन्दै आसन कसेर सम्भव हुन्न। स्वःस्फूर्त हुन्छ, बन्छ।
यो जीवनको प्रहर लज्जाबाट बनेर टाढा बक्ने जीवन यौवनका महात्म्य हजार। सम्भव छैन तर फलाक्न हराएको होस्जस्तो जिउले झैं ! चाहिन्छ संयम, दृढ मन मस्तिष्क यसनिमित्त। हल्लन नदिई हाँगो एउटै। झर्न नदिई एउटै पात। हराभरा पातजीवनको यौवन। यौवन हरियाली। हरियाली यौवन।
आफै पनि परेर कमाएको नयनवाणको रक्तपातविहीन मिठो घाउ। चहराउन्न कहींकतै। आजीवन रहिरहँदो हुन्छ बिनादागको घाउको मिठो। महिमा अपरम्पार, अवर्णनीय घाउ जीवन यौवनका! मलमलका मुलायम नरम दृश्य अवयवअन्तर मनमुटुका। मनका व्यथा-कथा सुमधुर कथाजीवन यौवनका। अर्को मन चोरी चुँडाली मिलाउनु हाल्नु भित्रभित्रै आफ्नो। अन्तरभाव चुँडाली थन्क्याउनु, आफ्नो बनाउनेजस्तो धर्म भावभूमि हिमवत खण्डको पुराण बन्छ अनि महान!
मोहले ओथारो बसी भित्रभित्रै अँगाकार विकसित जीवनाकार। हजारौं हजारका ओथारो-प्रजननशाला संयुक्त राज्य अमेरिका, सिकागोमा गरेको लाग्यो प्रासङ्गित बनाउन मलाई यहाँ।
तीस तीस सेकेन्डमा। प्रजनन केन्द्र विशाल भव्य। हुँदैन थाहा सबैलाई यस क्रियाप्रक्रियाका मेलोमेसो। बाल–युवा, युवा–बालावस्थामा पालन गर्दा माउकुखुरी ओथारिन्छ २०–३० फुल पारेपछि। प्रकृतिको लीला लीलामय ! हुँदो रै’छ अपरम्पार यसैउसै! माउले चल्ला काढ्दा चुच्चोले आफ्नै ओथारिका फुल, देखेथें नाङ्गो आँखाले आफ्नै। मेसिन विज्ञान भनौं प्रविधिमय चमत्कारले रूपान्तरित सिकागो प्रयोगशालामा मेसिनले चलायमान भए गरेको गरें यथेस्ट आँखैदेखि अवलोकन। जोडें प्रसङ्गबस यहाँ। यसैउसै विचरण यहाँ आफैले।
मोहले ओथारो बसी भित्रभित्रै अँगाकार विकसित जीवनाकार। हजारौं हजारका ओथारो-प्रजननशाला संयुक्त राज्य अमेरिका, सिकागोमा गरेको लाग्यो प्रासङ्गित बनाउन मलाई यहाँ।
‘मोह, लोभ, त्याग, समाधान!’ दर्शन जीवनचक्रका। रहन्न स्थिरमय चक्र जीवनगतिको। गतिमय जीवनचक्र हाम्रो। घुमिरहन्छ नअडीकन आफै। गतिशील जीवन यसैउसैले। रहन्न स्थिरावस्थामा हाम्रो जीवन, मानव धर्मकर्म। धर्मकर्म, कर्म नै धर्म! धर्मकर्मले फेर्छ, सदा रहन्छ फेरि नै। प्रकृतिको लीला! लीलामय विधान, मानव चोला ! फेरिन्छ रूप अनवरत।
चालै नदिई, नपाउने गरी प्रत्यक्ष चाल! आफ्नै इहलीलामा पल्टाउँछु पर्लकपर्लक आँखा आफ्नै। आत्मदर्शन। बनेर विभोर भित्रभित्रै आफ्नै अन्तर्यसम्म ! सत्चित आनन्द! सत्चितानन्द। आफ्नै सुुर-लयभरि! हुनुपर्छ लयदार-लयबद्ध हुनैपर्छ! पर्छपर्छ नै सदाबहार आनन्द ! जीवन वरदान वरदानमय जीवन आफ्नै, हाम्रै। देख्दै हेर्दै जागेको मोह।
परिणतिन्छ लोभमा। केही समय जीवनकालमा फेर्छ काँचुली सर्पले झैं बेलाबखत। मानिस फेर्छ अवस्था जीवनका प्रहरहरू अनेक। हिसाब हुन्न, हुन्नन् कतै कहीं पनि। अवस्था अनेक प्रत्येकका अभिलेखनबिनाका चलायमान जीवनचक्र चाली त्याग्दै गर्छौं अवस्थाजन्य गति जीवनको। त्याग नै समाधान। समाधानमय त्याग! त्यागको संकल्प विसर्जनमुखी समाधान। विसर्जन स्वास प्रस्वासकै विसर्जन।
प्रकाशित: २३ असार २०८० ०३:२१ शनिबार