कला

हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा हुँदै

काठमाडौं – हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको ‘हरिबहादुर’ किताबसहित देश दौडाहा गर्दैछन्।

जेठ १३ बाट पोखराबाट सुरु हुने किताब यात्रा बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, धरान, विराटनगर र सिन्धुलीमा पुग्दैछ ।

‘हाँस्य कलाकार हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा जेठ १३ देखि सुरु हुँदैछ । देशभरका विभिन्न ११ वटा स्थानमा पुग्ने किताब यात्राको क्रममा कलाकार हरिवंशले पाठकसँग अन्तरक्रियासहित पुस्तक हस्ताक्षरका समेत गर्नेछन्,’ फाइन प्रिन्टका अजित बरालले भने । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो । यसअघि कलाकार हरिवंशले आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ सार्वजनिक भइसकेको छ।

 

प्रकाशित: १० जेष्ठ २०७४ ०९:२८ बुधबार

हरिवंश आचार्यको हरिबहादुर किताब यात्रा हुँदै