कला

मदर मुनको आत्मवृत्तान्त नेपालीमा

 प्रसिद्ध शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन) को आत्मवृत्तान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरी प्रकाशित गर्ने क्रममा सोमबार छाया सेन्टरको अलफ्ट होटेलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।

डा. हाक जा हान मुनको आत्मावृत्तान्त संसारका सम्पूर्ण महिलाका लागि प्रेरणाको स्रोत हुने भन्दै शान्ति र मानव कल्याणका खातिर उनले पु¥याएको योगदान अतुलनीय रहेको उपसभामुख रानाले बताइन्। कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले मदर मुनको नेपाल र नेपालीप्रति असिम प्रेम र लगाब रहेको बताए। नेपालको उन्नति र प्रगतिमा उनको सधैं साथ रहेको धारणा राख्दै ढकालले जीवनमा सफलताका लागि अनवरत संघर्षशील हुनुपर्छ भन्ने सन्देश आत्मवृत्तान्तले दिएको बताए।

नेपाल रिपब्लिक मिडियाका निर्देशक तथा उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य शोभा ज्ञवालीले आत्मवृत्तान्त ‘शान्ति प्रिय आमा’ पढ्दा हरेक हरफमा गहन भाव प्रकट भएको बताइन्। प्रत्येक लाइनमा संर्घषका कथा पाइने ज्ञवालीले उल्लेख गरिन्। ‘उहाँ उत्तर कोरियामा आफ्नी हजुरआमा र आमाको साथमा हुर्किनुभएको थियो। उत्तर कोरियामा कसरी स्वतन्त्रता ल्याउने, त्यहाँका स्थानीयवासीलाई कसरी स्वतन्त्रताको अनुभव दिलाउने भन्ने विषयमा उहाँ सानैदेखि चिन्तित हुनुहुन्थ्यो। उहाँले सानैदेखि सघर्षका पाइला चाल्न थाल्नुभएको हो,’ नेपाल रिपब्लिक मिडियाका निर्देशक ज्ञवालीले भनिन्।

युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. चाल्र्स याङ र क्षेत्रीय संयोजक मासाइची होरीका साथै गायक आनन्द कार्की, प्राचार्य दीपक महर्जनलगायतले पुस्तकको विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए। 

प्रकाशित: १९ असार २०८० ०५:२७ मंगलबार

मदर मुनको आत्मवृत्तान्त नेपालीमा