कला

विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल बालसाहित्य समाजकाे संयुक्त आयाेजनामा विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी सम्पन्न भएको छ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमाेद प्रधानकाे अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे।

गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया भएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति एवं बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बालसाहित्य बालबालिकाका लागि बीज तत्व भएको बताउँदै बालबालिकालाई अघि नबढाए कुनै क्षेत्रमा अघि बढ्न नसकिने बताए।

उनले विद्यार्थीका लागि अत्यन्त महत्वपूर्ण हुने पाठ्यपुस्तकको लेखन र सम्पादन उत्तिकै गम्भीर र विचार पुर्‍याएर गर्नुपर्ने बताए।

गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया भएको थियो।

विषयविज्ञ एवं वरिष्ठ समालोचक प्राडा रमेशप्रसाद भट्टराईले ‘विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै पाठ्यपुस्तकले बालबालिकालाई प्रश्न गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै उनले आलोचनात्मक शिक्षण कलाका लागि बालसाहित्य आवश्यक पर्ने बताउँदै पाठ्यपुस्तक लेखन र स्वतन्त्र साहित्य लेखनमा निकै फरक रहेको बताए।

समालोचक डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत अवधारणापत्रको टिप्प्णी गर्दै पूर्वीय मान्यता, विचार र परिवेश फरक रहेको परिप्रेक्ष्यमा पाश्चात्य मान्यता, विचार र परिवेशका आधारमा मात्र हामीले हाम्रा धारणा बनाउन नहुने बताए।

उनले पाठ्यपुस्तकले बालबालिकाको व्यक्तित्व विकास र आत्मबल बढाउनुपर्नेमा जोड दिंदै उपयुक्त रचना पाठ्यपुस्तकमा राख्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न पनि राखे।

समालोचक डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत अवधारणापत्रको टिप्प्णी गर्दै पूर्वीय मान्यता, विचार र परिवेश फरक रहेको परिप्रेक्ष्यमा पाश्चात्य मान्यता, विचार र परिवेशका आधारमा मात्र हामीले हाम्रा धारणा बनाउन नहुने बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औंल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफू निकटका रचना पाठ्यपुस्तकमा राख्दा कक्षा अनुसारको पाठ्यसामग्री नभएको बताइन्।

कार्यक्रम तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले  पाठ्यपुस्तक लेखक एवं सम्पादक एकातिर र बालसाहित्य लेखक अर्कोतिर हिंडिरहेको बेलामा मिलनबिन्दु खोज्नुपर्ने अवस्था रहेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औंल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफू निकटका रचना पाठ्यपुस्तकमा राख्दा कक्षा अनुसारको पाठ्यसामग्री नभएको बताइन्।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल बालसाहित्य समाज मिलेर वर्षभरि चार वटा उद्देश्यमूलक गोष्ठी, एकपटक बालपुस्तक प्रदर्शनी, एकपटक बालबालिका बिच कविता प्रतियोगिता जस्ता कार्यक्रम गर्ने बताए।

नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले बालसाहित्य, बालबालिकाको सिर्जनात्मक प्रतिभा र बालसाहित्यकारहरूको क्षमता अभिवृद्धिका लागि समाजको वर्तमान कार्यसमिति सक्रिय र समर्पित रहेको बताए।

गोष्ठीमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरि, बालसाहित्यकारहरू भाग्यशाली अधिकारी, छायादत्त न्यौपाने, विजयराज न्यौपाने, यम बास्तोला र नारायण तिवारी तथा पुस्तकालयविज्ञ इन्दिरा दलीले विभिन्न प्रश्न र विचार राखेका थिए।

प्रकाशित: १८ असार २०८० ०६:४३ सोमबार

अक्षर