कला

बलिउड अभिनेत्री रिमा लागूको निधन

काठमाडौं- बलिउड अभिनेत्री रिमा लागूको मुम्बईस्थित कोकिलाबिन अस्पतालमा बिहीबार बिहान निधन भएको छ।

ह्रृदयघात भएपछि अस्पताल भर्ना गरिएकी ५८ वर्षीय अभिनेत्री लागू, ' कुछ कुछ होता हैं', 'हम आपके हैं कौन' , तु तु मे मे', 'मैंने प्यार किया', 'हम साथ साथ हैं', 'वास्तव' र 'साजन' लगायतमा गरेको अभिनयबाट चर्चित थिइन् ।

उनले मराठी थिएटरबाट अभिनय यात्रा सुरू गरेकी थिइन् ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०९:०२ बिहीबार

बलिउड अभिनेत्री रिमा लागूको निधन