कला

सारंगी संरक्षण गर्दै प्रदेश सरकार

फाइल तस्वीर

तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए। करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरूमध्ये सारंगी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ। उनीहरूलाई सारंगी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ। उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ।

सोही टोलका सारंगी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए। उनले भने, ‘सारंगी बाजामा चार तार र त्यसबाट ३६  स्वर निकाल्न सकिन्छ। यसमा त राष्ट्रियता पो झल्किन्छ। यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिंदा चिन्ता लाग्छ।’

सारंगी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटाबाट सारंगी बनाउन सकिने बताए।

उनले २५ सारंगी तयार परेका छन्। आफूले बनाएका सारंगीको बजार मूल्य पाँचदेखि ३५ हजार रुपैयाँ रहेको बताए।

एउटा सारंगी बनाउन पाँच दिन लाग्ने गणेशले बताए। उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भए मात्रै संकटको सारंगी बचाउन सकिन्छ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बँचाउन  पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताए।

एउटा सारंगी बनाउन पाँच दिन लाग्ने गणेशले बताए। उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भए मात्रै संकटको सारंगी बचाउन सकिन्छ।

उनले गन्धर्व समुदायको संकटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको उनले बताए। नगरप्रमुख खड्काले सारंगी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ भने।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुयाउन कार्यालयले सारंगी बनाउने सीपको प्रवर्द्धन गरेको छ। पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारंगी बाजाका लागि संगीत कक्षा र सारंगी बनाउने सीप प्रवर्द्धन गरिएको बताए।

उनले उत्पादन गरिएका सारंगीको बजारीकरण गरिने बताए। उनले भने, ‘सारंगी बाजा बनाउन लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिनुपर्छ।’

प्रकाशित: १७ असार २०८० ०६:२१ आइतबार

अक्षर