कला

फिल्म 'सत्यप्रेमकी कथा' ले पहिलो दिनमै कमायो ९ करोड २५ लाख

बलिउड फिल्म सत्यप्रेमकी कथाले पहिलो दिनमै ९ करोड २५ लाख भारू कमाएको छ।

बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन्।

पहिलो दिनमा फिल्मले राम्रो कमाइ गरेसंगै आगामी दिनमा फिल्म राम्रोसंग चल्न सक्ने विश्लेषकहरुले बताएका छन्। फिल्म देखिएको कार्तिक र कियाराको फरक प्रेमकथालाई दर्शकहरुले मन पराइरहेका छन्।

फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन्। जो आफ्नो विवाहको लागि केटी खोजिरहेका हुन्छन्। उनको जीवनमा कियारा आउँछिन्। त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ।

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक, गजराज राव, सिद्धार्थ रेन्देरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त, शिखा तल्सानियालगायत कलकारको अभिनय छ।

साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन्।

प्रकाशित: १५ असार २०८० ०९:०७ शुक्रबार

सत्यप्रेमकी कथा कार्तिक