कला

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार

यस वर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिने भएको छ। नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकाेमा साहित्यकार नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

यस्तै यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा.घनश्याम कँडेललाई प्रदान गरिने भएको छ। साहित्यकार प्रा.कँडेललाई पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्‍याएकामा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

गोपाल पाँडे असिम पुरस्कारकाे पुरस्कार राशि ५० हजार र भानु पुरस्कारकाे एक लाख २५ हजार रुपैयाँ तथा प्रशंसा-पत्र रहेको छ।

गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा र भानु पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले बताए। 

प्रकाशित: १४ असार २०८० ०५:४७ बिहीबार

अक्षर