कला

कवि रेग्मीका अजम्मरी यादहरू र सार्न सके मखमलीको लोकार्पण

भैरव स्मृति पुस्तकालयले कवि ध्रुवकिरण रेग्मीका अजम्मरी यादहरू र सार्न सके मखमली दुई कवितासंग्रहको लोकार्पण गरेको छ।

वरिष्ठ साहित्यकार युवराज मैनालीको प्रमुख आतिथ्य तथा भैरव स्मृति पुस्तकालयकी कावा अध्यक्ष रेखा अर्यालको अध्यक्षतामा कृतिको लोकार्पण गरिएको हो।

वरिष्ठ हास्यव्यंग्यकार मुकुन्द आचार्य र कवि अच्युत घिमिरेले पुस्तकको समीक्षा गरेका थिए।

भैरव स्मृति पुस्तकालयले कवि ध्रुवकिरण रेग्मीका अजम्मरी यादहरू र सार्न सके मखमली दुई कवितासंग्रहको लोकार्पण गरेको छ।

मन्तव्यको क्रममा पुस्तकालयका पूर्व अध्यक्ष वद्रीप्रसाद अर्यालले आफ्ना विद्यार्थी ध्रुवकिरण रेग्मीको व्यक्तित्व चर्चा गर्दै पुस्तक लोकार्पण गर्ने अवसर दिएकोमा कविप्रति आभार प्रकट गरेका थिए। उनका कर्मभूमिप्रतिको भावनात्मक भनाइले श्रोतालाई स्तब्ध समेत बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि युवराज मैनालीले नेपाली कविताको विशद् चर्चा गर्दै लोकार्पित कृतिहरूमा विषयवस्तुमा विविधता, ग्रामीणपनको सजीव चित्रण र विचारमा गहनता भए पनि कला पक्षमा सुधार्नुपर्ने ठाउँ रहेको बताए।

मन्तव्यको क्रममा पुस्तकालयका पूर्व अध्यक्ष वद्रीप्रसाद अर्यालले आफ्ना विद्यार्थी ध्रुवकिरण रेग्मीको व्यक्तित्व चर्चा गर्दै पुस्तक लोकार्पण गर्ने अवसर दिएकोमा कविप्रति आभार प्रकट गरेका थिए।

जीवन रेग्मीको उदघोषणमा भएको कार्यक्रममा स्थानीय समाजसेवी नानीकाजी गिरी,स्रष्टाहरू रेशम विरही, वसन्त रिजाल, अच्युत पौडेल चिन्तन, राजेशमान केसी, रामकुमार पण्डित क्षेत्री, महेशकुमार वाग्ले, तेजविलास अधिकारी, सुशील आचार्य, रामचन्द्र खतिवडा लगायतको उपस्थिति रहेकाे थियो।

प्रकाशित: ११ असार २०८० ०७:२६ सोमबार

अक्षर