कला

नयाँ नेपाली चलचित्र डिसहोममा प्रदर्शन हुँदै

वर्षभरि रिलिज भएका सफल नेपाली चलचित्रहरू, डिसहोममा मात्र एक्सक्लुीसभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणले हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिसहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ने भएका छन्।

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लीला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउजस्ता दर्शकहरूले रुचाएका चलचित्र डिसहोम सिनेमाघर च्यानल नम्बर १०८ मा दैनिक ८ सो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिनेमाघर च्यानल नम्बर १०८ मा चलचित्र हेर्न डिसहोमका ग्राहक सेवा केन्द्रमा फोन गरेर वा नजिकैको डिसहोम बिक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाएको छ।

डिसहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने जनाएको छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: ७ असार २०८० ०३:१२ बिहीबार

अक्षर