कला

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन्।शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिएका छन। निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए।

प्रकाशित: ३ असार २०८० ०३:१८ आइतबार

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित