कला

किरातीको जनयुद्धमा बितेका पलहरू लोकार्पण

अखिल नेपाल लेखक संघ र रावासावा प्राज्ञिक समाज नेपालले सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पलहरू’ संस्मरणसंग्रहको लोकार्पण गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा अखिल नेपाल लेखक संघका कावा अध्यक्ष स्वप्निल स्मृतिको अध्यक्षतामा प्रमुख अतिथि भूपाल राई, सभाध्यक्ष स्वप्निल स्मृति, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ बाबा बस्नेत, समालोचक सुधा मैनाली लगायतले कृतिको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति राईले जनयुद्धमा बितेका पलहरू इतिहासको क्रान्तिकारी दस्तावेज भएको बताए। उनले कृतिमा तत्कालीन यथार्थ र सत्यता पनि रहेकाे बताए।

प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी र समालोचक सुधा मैनालीले कृतिबारे बाेलेका थिए। कृतिमा लेखकले जनयुद्धमा लाग्दाकाे अनुभव इमानदारीका साथ प्रस्तुत गर्न सफल भएकाे समालाेचकहरूले बताए।

कार्यक्रमका सभासद् रामकुमार राई, प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, लक्ष्मी तामाङ, मिलन कान्छा किराती लगायतले बोलेका थिए।

सोनाम सज्जन किरातीले आफ्नो पुस्तक जनयुद्धमा बितेका पलबारे बोलेका थिए।

रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँले स्वागत मन्तव्य दिएकाे साे कार्यक्रम विक्रम  चेतनशील राईले संचालन गरेका थिए।

कार्यक्रममा प्राज्ञ अगिव बनेपाली, प्राडा राजनप्रसाद पोखरेल, उपप्राध्यापक तेजविलास अधिकारी, प्राज्ञ सभासदस्य प्रकाश तिवारी, साहित्यिक पत्रकार तिलक चाम्लिङ लगायतकाे उपस्थिति रहेको थियो।

प्रकाशित: २ असार २०८० ०५:१४ शनिबार

अक्षर