कला

अभिनेता खनालको ‘बगान’ प्रदर्शनको तयारी

अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ।

अभिनेता तथा निर्देशक खनालले भने– ‘कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको छु। यो हाम्रो समाजको र हामीले भन्नुपर्ने एउटा कथा हो।’ यो पूर्ण पारिवारिक चलचित्र भएको उनको भनाइ छ। उक्त चलचित्रले समाज र परिवारलाई एकापसमा जोड्ने खनाल बताउछन।

चलचित्रमा निर्देशक खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन। एकल महिलाको वेदना, छटपटी र खुसीको चाहनालाई प्रस्तुत गरिएको उक्त चलचित्रलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन। । यसको वितरक करण श्रेष्ठ हुन।‘बगान जस्ता चलचित्रलाई निर्माताबाट प्रदर्शकसम्म पुर्‍याउन पाउँदा खुसी लाग्छ’, उनले भने।  

प्रकाशित: ३१ जेष्ठ २०८० १५:१५ बुधबार