कला

पत्रकार भण्डारी पुरस्कृत

झापा- मुलुकमै सबैभन्दा ठूलो कोष स्थापना गरेर विभिन्न विधामा पुरस्कार प्रदान  गर्दै आएको झापास्थित  रु›–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले सोमबार चौथो पटकको पुरस्कार वितरण गरेको छ। २०६७ सालमा स्थापित प्रतिष्ठानले वर्ष सन् २०१६ का लागि एक लाख एक हजार १११ रुपैयाँ राशिको रु›प्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई संस्थागतरुपमा प्रदान गरेको छ। संस्थाका अध्यक्ष मीना ढकाललाई उक्त पुरस्कार रकम प्रदान गरिएको छ।

यसैगरी, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१६ बाट नगद एक लाख एक हजार १११ रुपैयाँ राशिसहित मानवसेवा आश्रमका रामजी अधिकारी सम्मानित र पुरस्कृत भए। सो आश्रमले स्थापनाको चार वर्षमा ५७५ जनाभन्दा बढी सहयोगापेक्षीलाई सडकपेटीबाट उद्धार गरी उपचार तथा पालनपोषण गरिरहेको छ। यस्तै, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार चन्› भण्डारी पुरस्कृत भएका छन्। नगद एक लाख एक हजार १११ रुपैयाँ राशिसहित भण्डारीलाई सम्मानित गरिएको हो।

प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट काठमाडौं  चःमतिकी १५ वर्षीया बालिका सृष्टि महर्जनलाई नगद ५१ हजार १११ रुपैयाँसहित सम्मानित गरेकोे छ। नेपाः डान्स एकेडमीबाट नृत्य प्रशिक्षण लिँदै स्वदेश तथा विदेशमा आफ्नो प्रस्तुति दिएर पुरस्कार हात पारेकी महर्जन भविष्यमा कुशल नृत्य निर्देशक बन्ने सपना बुनिरहेको सुनाउँछिन्। प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार विभिन्न विधाका उत्कृष्टलाई प्रदान गरिने पुरस्कार छनौट समितिको सिफारिसका आधारमा चुनोट गरिन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कृत प्रतिभालाई सम्मान गरेका थिए। 

समारोहमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, सांसद सुधिरकुमार शिवाकोटीसहित विगत वर्षहरुमा सम्मानित तथा पुरस्कृत प्रतिभाहरुको सहभागिता थियो।

प्रकाशित: ५ वैशाख २०७४ ०४:०७ मंगलबार

पत्रकार भण्डारी पुरस्कृत