कला

गीतमा शरणार्थीको पीडा

काठमाडौं- भुटानी शरणार्थीको कथामा बनेको फिल्म 'देश खोज्दै जाँदा'को गीत सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर शनिबार फिल्म युनिटले युट्युबमार्फत 'छातीमा लागेको माटो त' बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ। स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन्।  गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीको पीडादायी जीवन देखाउन खोजिएको छ। भिडियोमा कलाकारहरु हेमन्त बुढाथोकी, बाबु बोगटीलगायतलाई देख्न सकिन्छ।

यो फिल्मको निर्देशन प्रकाश आङदेम्बेले गरेका हुन्। प्रकाशकै कथालाई कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन्। साम्तेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन् ।

प्रकाशित: ३ वैशाख २०७४ ०२:४२ आइतबार

गीतमा शरणार्थीको पीडा