कला

कविताबाटै मुलुकको विकृतिमाथि प्रहार

चाँगुनारायण साहित्य समाजको नियमित साहित्यिक कार्यक्रम छब्बीसौं शृंखला सिर्जना वाचन सहित सम्पन्न भएको छ। कार्यक्रममा सर्जकहरूले कविता, गजल र सुसेलीबाट मुलुकमा व्याप्त राजनीति विकृतिमाथि प्रहार गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डा. इन्दुल केसीले भारतले अखण्ड भारत नक्सामा नेपालको भूभाग समेटेकाले अब नेपालका दल नेता र शासक सचेत  हुनुपर्ने र सर्जकहरूले पनि राष्ट्र र राष्ट्रियताका सवालमा सिर्जनाबाटै खबरदारी गर्नुपर्ने आवश्यक्ता औंल्याए।

कार्यक्रममा कवि राममणि ढुंगेल, दुर्गा अधिकारी भमरकोटे, जितेन्द्र रसिक, कविराज घिमिरे, जुनु घिमिरे, श्याम आशा लगायत ३० कविले कविता वाचन गरेका थिए।

भक्तपुरको औद्योगिक क्षेत्र व्यवस्थापन  लिमिटेडको हलमा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष लालबहादुर भुजेलले भक्तपुरमा साहित्यिक वाचनको थलोका रूपमा समाजले काम गर्दै आएको बताए।

आगामी दिनमा नयाँ प्रतिभालाई स्थान र पुराना सर्जकलाई सम्मानका रूपमा समाजले भक्तपुरका विभिन्न क्षेत्रमा घुमन्ते शृंखलाका रूपमा कार्यक्रम आयोजना गरी साहित्यिक अभियान सञ्चालन गर्ने बताए।

पछिल्लो समय भक्तपुरमा नियमित रूपमा साहित्यिक गतिविधि गर्दै आएको छ।

प्रकाशित: २७ जेष्ठ २०८० ०५:०३ शनिबार

अक्षर