कला

गङ्गा दशहराको महिमा

संस्कृति

जेष्ठ शुक्लपक्ष दशमीलाई गङ्गा दशहराका रूपमा मान्दै आइरहेको छ। हिन्दु धर्मशास्त्रअनुसार यो दिन गङ्गामा स्नान गरेर गङ्गा माताको पूजा गर्नाले दश किसिमको पाप नाश हुन्छ भनिएको छ। यो दिन गङ्गा स्नान गरेर गङ्गा माताको पूजा गर्‍यो भने आफूले जानी नजानी गरेका दश किसिमका पाप नाश भएर मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ।  

शास्त्रका उल्लेख गरेअनुसार दश पापमा तीन कायिक, चार वाचिक र तीन वटा मानसिक भनिएको छ। जस्तै कि आफूले नदिएको सामान मैले दिएको छु भनी अरूसँग फिर्ता लिने, शास्त्रले गर्नुहुँदैन भनी राखेको हिंसा गर्नु, परस्त्री गमन गर्नु यी तीन कायिक अर्थात् शरीरले गरिने पाप हुन्। नराम्रो वचन बोल्नु, झुठ कुरा गर्नु, अरूलाई दोष दिनु, निष्प्रयोजनका कुरा गर्नु यी वाचिक अर्थात् वचनले गरिने पाप हो।

यस्तै अरूको धनमाल खोसेर लिने विचार गर्नु, मनले अरूको नराम्रो कुरा विचार गर्नु र नास्तिक कुरा मात्र सोच्ने गर्नु मानसिक अर्थात् मनले गरिने पाप हो। यी दश किसिमका पाप गरिराखेको भए पनि दशहरा स्नान गर्नाले नाश हुन्छ।

अरूको धनमाल खोसेर लिने विचार गर्नु, मनले अरूको नराम्रो कुरा चिताउनु र नास्तिक कुरा  मात्र सोच्नु मानसिक अर्थात् मनले गरिने पाप हुन्।

यो दिन गङ्गा नदीमा गएर वा घरमैं बसेर भए पनि दशहरा स्नान गर्नाले पाप नाश हुन्छ। यो दिन गङ्गा नदीमा गएर वा घरमैं बसेर भए पनि हे गङ्गा माता, देवता र दैत्यहरूले सदा वन्दना गर्ने हजुरलाई वन्दना छ भनी प्रार्थना गरेमा मुक्ति र भक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ। गङ्गा नदी भनेको देव नदी हो। गङ्गा नदी मानिसहरूको कल्याण गर्न नै स्वर्गबाट धरतीमा जेष्ठ शुक्लपक्ष दशमीका दिन झरेकी हुन्। यदि यो तिथिमा सोमबार र हस्ता नक्षत्र पर्न गयो भने अत्यन्तै शुभ हुने र यो दिन स्नान गर्नाले सम्पूर्ण पाप नाश हुन्छ भनिएको छ।

यसरी सम्पूर्ण पाप नाश गर्ने भगवती गङ्गाको पूजा गर्दा दशथरी फूल, दशवटा धुप, दशवटा बत्ती, दश किसिमका नैवेध, दशबिरा पान र दशवटा फलफूल राखी पूजा गर्नुपर्छ। त्यस्तै दक्षिणा दिँदा पनि दश जना ब्राह्मणलाई दिनुपर्छ। यो दिन दान गर्दा पनि जौ तिल १० मुठीका दरले दिनुपर्छ। गङ्गा पूजा गर्दा यसरी दश दश वटाका दरले गर्नुपरे जस्तै गङ्गा स्नान गर्दा पनि दश पटक डुबुल्की मार्दै स्नान गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ।

यो दिन गङ्गा अवतरण भएको कथा पनि सुन्ने चलन छ। त्यो कथा यस्तो छ-मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म अयोध्याको सूर्यवंशमा भएको हो। उहाँकै पूर्वजन महाराजा सगर चक्रवती राजा भएर बसेका रहेछन्। राजा सगरको केशिनी र सुमती नामक दुई रानी रहेछन्। रानी केशिनीका पुत्र असमञ्जस एकजना मात्रै रहेछ भने रानी सुमतीका पुत्रहरू भने ६० हजार रहेछन्।

असमञ्जसका पुत्र पनि एकजना अंसुमान मात्र रहेछ। राजा सगरका असमञ्जससहित सबै पुत्रहरू अत्यन्तै उदण्ड र दुष्ट प्रवृत्तिका रहेछन्। तर नाति अंशुमान भने धार्मिक प्रवृत्तिका रहेछन्। पुत्रहरूका चाला देखेर अत्यन्तै दुःखी भएका सगरले असमञ्जसलाई देश निकाला गरी दिएछन्। अनि नाति अंशुमानलाई राज्यको उत्तराधिकारी बनाउँछ। राजाका ६० हजार पुत्रहरू देखेर आफू पनि अत्यन्तै दुःखी भएका थिए।

नराम्रो वचन बोल्नु, झुठ कुरा गर्नु, अरूलाई दोष दिनु, निष्प्रयोजनका कुरा गर्नु यी वाचिक अर्थात् वचनले गरिने पाप हुन्। आफूले नदिएको सामान मैले दिएको छु भनी अरूसँग फिर्ता लिनु, शास्त्रले गर्नु हुँदैन भनी राखेको हिंसा गर्नु, परस्त्री गमन गर्नु कायिक अर्थात् शरीरले गरिने पाप हुन्।

एक दिन राजा सगरले अश्वमेघ यज्ञको अनुष्ठान गरे। एउटा घोडा छोडी दिन्छ। देवराज इन्द्रले त्यो घोडा चोरेर पातालमा लगी कपिलमुनिको आश्रममा बाँधी दिन्छ। तपस्यामा रहेका मुनिले त्यो कुरा थाहा पाउन सकेन। राजा सगरका ६० हजार जना अहंकारी पुत्रहरूले पृथ्वीका विभिन्न स्थानमा गई घोडा खोज्न थाले। उनीहरू घोडा खोज्न जाँदा जाँदै हैरान हुन्छन्।

आखिरमा तिनै ६० हजार पुत्रहरू पातालमा गई खोज्दै जाँदा कपिलमुनिको आश्रममा पुग्छन्। उनीहरूले त्यहाँ घोडा बाँधिराखेको देखेर रिसले चुर हुँदै हतियार उठाउँदै कपिलमुनिलाई मार्छु भनी दौडिन्छ। उनीहरूको आवाजले कपिलमुनिको तपस्या भङ्ग भएर आँखा खोलेर हेर्छ। मुनिको आँखाबाट निस्केको तेजले सगरका ६० हजार पुत्रहरू तत्कालै भष्म हुन्छन्।  

गरुडले यो कुरा थाहा पाई अंशुमानलाई भन्न जान्छ। अनि अंशुमानले कपिलमुनिको आश्रममा गई प्रार्थना गर्छ। अनुनय विनय गर्छ। कपिलमुनिले अंशुमानको प्रार्थनाले प्रसन्न भई भन्छ– ‘अंशुमान घोडा लगेर आफ्नो पिताको यज्ञ पूरा गर्नु। यी सगरका ६० हजार जना पुत्र सबै नास्तिक र उग्र स्वभावका भएकाले भष्म हुन गएको हो। यिनीहरूको मुक्ति त्यस बेला मात्र हुन्छ जुन बेला यिनीहरूको भष्म भएको खरानी गङ्गा जलमा पर्छ।’

अंशुमान घोडा चढेर गई आफ्ना पिताको यज्ञ पूरा गर्छ। महाराज सगरपछि अंशुमान राजा हुन्छ। उसले आफ्ना काकाहरूको उद्धार कसरी गर्ने भन्ने कुरामा चिन्ता लिइरहन्छ। केही समयपछि अंशुमनले आफ्ना पुत्र दिलीपलाई राज्य दिएर वनमा जान्छ। अनि उसले गङ्गालाई पृथ्वीमा कसरी ल्याउन सकिन्छ भनी तपस्या गर्छ तर तपस्या गर्दा गर्दै मृत्यु हुन्छ। महाराज दिलीपले पनि आफ्ना पुत्र भगीरथलाई राज्य दिएर बाबुले जस्तै तपस्या गर्न जान्छ तर ऊ पनि तपस्या गर्दा गर्दै मृत्यु हुन्छ।

आखिरमा तिनै ६० हजार पुत्रहरू पातालमा गई खोज्दै जाँदा कपिलमुनिको आश्रममा पुग्छन्। उनीहरूले त्यहाँ घोडा बाँधिराखेको देखेर रिसले चुर हुँदै हतियार उठाउँदै कपिलमुनिलाई मार्छु भनी दौडिन्छ।

त्यसपछि भगीरथले ब्रह्माजीको घोर तपस्या गर्छ। भगीरथले यसरी घोर तपस्या गरेकाले ब्रह्मा प्रसन्न भई दर्शन दिन्छन्। वर मागभन्दा भगीरथले मेरा ६० हजार काकाहरू कपिलमुनिको श्रापबाट भष्म भएका छन्। उनीहरूको मुक्तिका लागि गङ्गालाई पृथ्वीमा पठाई ल्याउनुपर्ने वर माग्छन्। भगीरथको कुरा सुनेर ब्रह्माले भन्छन्-‘मैले गङ्गालाई पृथ्वीमा पठाउन त पठाउँछु तर गङ्गाको वेगलाई कसले छेक्न सक्छ? यसका लागि तिमीले महादेवको तपस्या गर’ भनेर भन्छ।

ब्रह्माको आदेशबमोजिम भगीरथले भुइँमा एउटा खुट्टाले मात्र टेकेर महादेवको तपस्या गर्छ। भगीरथको यस्तो कठोर तपस्याबाट खुसी भएर महादेवले गङ्गालाई आफ्नो जटामा छेकी दिन्छ। एउटा जटा भने पृथ्वीमा छोडी दिन्छ।

भगीरथको कुरा सुनेर ब्रह्माले भन्छन्- ‘मैले गङ्गालाई पृथ्वीमा पठाउन त पठाउँछु तर गङ्गाको वेगलाई कसले छेक्न सक्छ? यसका लागि तिमीले महादेवको तपस्या गर’ भनेर भन्छ।

यसरी गङ्गा पृथ्वीमा आइ पुग्छिन्। अनि अघि अघि राजा भगीरथ र पछि पछि गङ्गा बग्दै जान्छिन्। बीच बाटोमा जन्हणी ऋषिले गङ्गालाई नै पिइदिन्छ। अघि अघि गइरहेका राजा भगीरथले पछाडि फर्केर हेर्दा गङ्गालाई नदेखेपछि ऋषिको आश्रममा गएर दण्डवत गरी प्रार्थना गर्छन्। अनि ऋषि प्रसन्न भई गङ्गालाई आफ्ना पुत्री बनाई दाहिने कानबाट निकाली दिन्छ।

यसो भएकाले गङ्गाको नाम जान्हवी हुन गयो। त्यस्तै भगीरथको तपस्याबाट पृथ्वीमा अवतरण भएकीले भागीरथी पनि भन्ने गरियो। यसरी भगवती, भागीरथी गङ्गा बाटोमा पर्ने विभिन्न स्थानलाई हराभरा गर्दै कपिल मुनिको आश्रममा पुग्दा भगीरथका ६० हजार पूर्वजका खरानीको पहाड भई रहेको स्थानमा गई छुनेबित्तिकै सगरका ६० हजार पुत्रहरू दिव्य रूप धारण गरी दिव्य लोकमा जान पाए। 

प्रकाशित: २७ जेष्ठ २०८० ०२:२६ शनिबार

अक्षर