कला

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।  

'जिवनको मुस्किल समयमा छु' भन्दै काजोलले एक पोष्ट सेयर गर्दै काजोलले क्याप्सनमा लेखेकी छिन्, ‘सामाजिक सञ्जालबाट ब्रेक लिँदैछु।’

यससँगै काजोलले आफ्नो इन्स्टाग्राम एकाउन्टका सबै पुराना पोष्टहरु डिलिट गरेकी छन्। उनको यो निर्णयबाट फ्यानहरु भने दुखित भएका छन्। कतिपय फ्यानले भने काजोलको व्यक्तिगत जीवनमा समस्या आएको अनुमान गरिरहेका छन् भने केहीले भने आगामी वेब सिरिज ‘लस्ट स्टोरीज २’ को प्रमोशनका लागि यस्तो गरेको अड्कल काटेका छन्। 

कतिपय सेलिब्रेटीहरुले आफ्ना नयाँ प्रोजेक्टको प्रमोशनको लागि फ्यानको आकर्षण पाउन यस्ता निर्णय गर्ने गरेका छन्।  

प्रकाशित: २६ जेष्ठ २०८० १२:११ शुक्रबार