कला

कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ लोकार्पण

नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलले १३ वर्षीय कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ समीक्षासंग्रहको लोकार्पण गरेको छ।

वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा प्रमुख आतिथि प्राडा वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवा, साहित्यकारहरू-प्राडा जीवेन्द्रदेव गिरी र भुवनहरि सिग्देलले पुस्तकको लोकार्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीले सानै उमेरदेखि लेख्न थालेका कुञ्जलकाे लेखनप्रतिको रुचि उदाहरणीय भएकाे बताए। उनले भने, ‘कुञ्जल समयसँगै गम्भीर देखिएको छ। कुञ्जलको लेखनप्रतिको रुचि उदाहरणीय छ। म उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’

नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलले १३ वर्षीय कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ समीक्षासंग्रहको लोकार्पण गरेको छ।

कृतिकाे सम्पादन विनयकुमार शर्मा नेपालले गरेका हुन्। १३ वर्षमा प्रवेश गरेका कुञ्जल युनाइटेड स्कुलका ८ कक्षाका छात्र हुन्। उनकाे उपनयन संस्कारको अवसरमा कृतिकाे लाेकार्पण गरिएकाे हाे। युनाइटेड स्कुलले प्रकाशन गरेकाे कृतिमा बालसाहित्यका ३८ कृतिकाे समीक्षा सङगृहीत छ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले ३ वर्षदेखि फेसबुकमा कुञ्जलको लेख पढ्दै आएको बताउँदै कृति प्रकाशित भएकोमा अत्यन्तै खुसी लागेको बताए। उनले नेपाल बालसाहित्य समाजले बालबालिकाहरूको अन्तर्निहित क्षमताको विकास गराउन सधैं अग्रसर रहेको पनि बताए।

युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवाले धेरै बालबालिकाले कथा, कविता र निबन्ध लेख्ने गरेकोमा कुञ्जलले आफूले पढेका पुस्तकहरूबारे लेखेर त्यसभन्दा फरक नयाँ काम गरेको बताए।

उनले भने, ‘बालबालिकाको क्षमताले उचित निकास पाए गर्ने रहेछ भन्ने विश्वास जगाएकाे छ। उनले लकडाउनदेखि लेखेका सामग्री देखेर मैले नै प्रकाशन गर्छु भनेको हुँ। हाम्रो विद्यालय प्रतिभावान् विद्यार्थीको कदर गर्दछ। कुञ्जललाई बधाई छ। उनका अभिभावक र उनीसँग सम्बन्ध जोडिनु हाम्रो स्कुलको पनि खुसीको कुरा हो।’

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले ३ वर्षदेखि फेसबुकमा कुञ्जलको लेख पढ्दै आएको बताउँदै कृति प्रकाशित भएकोमा अत्यन्तै खुसी लागेको बताए। उनले नेपाल बालसाहित्य समाजले बालबालिकाहरूको अन्तर्निहित क्षमताको विकास गराउन सधैं अग्रसर रहेको पनि बताए।

सम्पादक विनयकुमार शर्मा नेपालले  बालबालिकाले कथा, कविता लेखेर छापेकाे तर कृञ्जलले धेरै संख्यामा कृतिमाथिका समीक्षा आउनु खुसीको भएकाे बताए। उनले भने, ‘यस कृतिले आजको नयाँ पुस्ताले बालसाहित्यलाई कसरी हेर्छ र बुझ्छ भन्ने सन्देश दिएको छ। यहाँ नेपाली बालसाहित्यका समकालीन पुस्ताका विविध पक्षको प्रतिनिधित्व छ। मैले सामग्री देख्नासाथ प्रकाशन गरिदिनुपर्छ भनेको हुँ। मैले यो कृति सम्पादन गर्ने क्रममा उनको भाषालाई यथावत् रहन दिएको छु।’

कार्यक्रममा  कृतिकार शुभेच्छु लुइटेलले उपस्थित सबैमा धन्यवाद दिंदै भ्याएसम्म राम्राराम्रा किताब पढेर समीक्षा लेख्ने लक्ष्य रहेको बताए।

साहित्यकार धीरकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा लेखकका पिता साहित्यकार डा.रमेश शुभेच्छु लुइटेलले स्वागत मन्तव्य दिएका थिए भने साहित्यकार गीता सापकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।

सोही समारोहमा खडानन्द लुइटेलकाे लुइटेल सम्पर्क पुस्तिकाको पनि लोकार्पण गरिएकाे थियो। यस पुस्तिकामा लुइटेलको पाँचपुस्ते वंशावली सम्पर्कसहित रहेको छ।

कुञ्जलको ब्रतबन्धको अवसरमा गरिएको कार्यक्रममा साहित्यकार धरणी गौतमले ब्रतबन्ध संस्कार सिकाउने कार्यक्रम भएको हुँदा यो आधुनिक संस्कार सिकाउने नमुना कार्य बनेको प्रतिक्रिया दिए।

प्रकाशित: २५ जेष्ठ २०८० ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App