कला

थारु भाषाको 'पूर्वे पच्छिए' गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- थारु संगीतको इतिहासमा पहिलोपटक विभिन्न थारु भाषा मिश्रित गीत सार्वजनिक भएको छ। अष्ट्रेलिया बस्दै आएका अरुण आर्यन चौधरीले पूर्व, मध्य र पश्चिम थारु भाषा समेटिएको गीत निर्माण गरेका छन्।

'पूर्वे पच्छिए' बोलको गीतमा चितवन निवासी पपगायक संजय चौधरी, सिरहाका आशिष चौधरी र रुपन्देहीकी उमा चौधरीले स्वर दिएका छन्। थारु समुदायमा भाषा, संस्कृति र संस्कारमा विविधता छ। त्यही विविधता झल्काउन यो गीतको निर्माण गरेको निर्माता चौधरीले जानकारी दिए। यसले पूर्वदेखि पश्चिम थारुहरुलाई एकताको सुत्रमा बाँध्न प्रेरित गर्ने उनको ठम्याइ छ। गीतको म्युजिक भिडियो पनि थारु कल्चर थिममा बनाइएको उनले बताए।

'गीतको शब्दमा थारु समुदायको विविधता समेटिएको छ। म्युजिक भिडियोमा पनि थारु समुदायको कल्चर देखाइएको छ। यसले थारु कल्चर प्रबर्द्धन गर्नुको साथै थारुभित्रको विविधता झल्काउने काम गरेको छ,' उनले भने।

भिडियोमा तीन गायकका अलवा रंगकर्मी प्रदीप चौधरीले अभिनय गरेका छन्।

भिडियो हेर्नुस्

प्रकाशित: २६ चैत्र २०७३ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App