कला

अख्तियारका आयुक्तको गीतमा प्रियंका कार्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।

राष्ट्रिय भावको‘मैनाचरी’ गीतमा गायिका मेलिना राईको स्वर र वसन्त सापकोटाकाे संगीत रहेकाे छ। महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेकी छिन्। सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।

‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, स्कुल-कलेज र विहे-ब्रतबन्धतिर बजाउन मिल्छ। आम दर्शक र श्राेतामा राष्ट्रिय भाव जगाउँछ भन्ने मेरो अपेक्षा छ। सुदूर पश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउँथें। त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो।’

यसअघि चन्दले ट्राफिकसम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत चर्चित भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८० ०३:३७ बुधबार

अक्षर