कला

सन्देशको 'किन मौन'

काठमाडौं- दशकदेखि संगीत क्षेत्रमा लागेका गायक तथा संगीतकार सन्देश श्रेष्ठले नयाँ गीत 'किन मौन'को भिडियो सार्वजनिक गरेका छन्। स्वर्गीय पिता गणेशप्रसाद श्रेष्ठको सम्झनामा 'छाडेर गयौ' बोलको एल्बममा समावेश गरिएको यो गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

मनाङ र मुस्ताङमा छायांकन गरिएको भिडियोमा सन्देश, प्रतिक्षा र संगीतले अभिनय गरेका छन्। गीतमा एसबीको शब्द तथा अनुरागी विष्ट र विकल रेग्मीको संगीत छ।

सञ्चु थोकर र अमिताभ चन्दले खिचेको भिडियोमा निशान घिमिरेको सम्पादन र जितेन्द्र राजको निर्देशन छ। सन्देशले हालसम्म झण्डै सयभन्दा बढी गीतमा संगीत दिइसकेको बताए।

प्रकाशित: २४ चैत्र २०७३ ०२:१९ बिहीबार

सन्देशको किन मौन