कला

‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक

बाल चित्रकथा कृति ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक भएको छ। जेना बाउरद्वारा लिखित यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन्। पुस्तकका नेपाली अनुवादक भिक्टर प्रधान हुन्।

स्लोभेनियामा सन् १९७५ मा जन्मिएकी लेखक जेना बाउरले सुरुमा राजधानी लुबिआनाको थिएटर अफ एकेडेमीमा रेडियो, फिल्म र टेलिभिजनबारे अध्ययन गरिन्। स्नातकपछि बालबालिकाका लागि काल्पनिक कथा लेख्न थालिन्। उनको पहिलो पुस्तक ‘दि विच भ्यानिसर’ भेचेरनिसा अवार्ड-२००३ का लागि मनोनयनमा परेको थियो।

बाल चित्रकथा कृति ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक भएको छ। जेना बाउरद्वारा लिखित यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन्।

उनको ‘स्कारी फेइरी इन दि फियरफुल फरेस्ट’ लोकप्रिय छ। सन् २०११ मा प्रकाशित यो पुस्तक विभिन्न भाषामा अनुवाद भएको छ। २०१३ मा भेचेरनिसा र डेसेट्निका अवार्डका लागि मनोनयनमा परेको यो पुस्तकले गोल्डेन पियर सिल प्राप्त गर्‍यो।

यस्तै, उत्कृष्ट अनुवादका लागि लिथुआनियामा आइबिबिवाई अवार्ड दिइएको थियो। पुस्तककी चित्रकार मालगोसिआ जायात ग्राफिक डिजाइनर पनि हुन्। उनले पोल्यान्डको कारकोस्का एकेडेमीबाट फाइन आर्टसमा स्नातक गरेकी छन्। उनले विभिन्न देशमा बालपुस्तकका लागि चित्र बनाएकी छन्। उनले यही पुस्तकमा चित्र बनाएबापत सन् २०२० मा दि ह्वाइट रेबेन्स सूचीमा पर्दै इन्टरनेसनल युगेनबिबियोथेक अवार्ड पनि पाइन्।

सन् २०११ मा प्रकाशित यो पुस्तक विभिन्न भाषामा अनुवाद भएको छ। २०१३ मा भेचेरनिसा र डेसेट्निका अवार्डका लागि मनोनयनमा परेको यो पुस्तकले गोल्डेन पियर सिल प्राप्त गर्‍यो।

यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ। स्लोभेनियाबाट प्रकाशित यो पुस्तकको प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले नेपालीमा अनुवाद गरेको हो। 

प्रकाशित: २० जेष्ठ २०८० ०३:५१ शनिबार

अक्षर