कला

कार्टुनिष्ट क्लबमा दोहोरिए अविन

काठमाडौं- कार्टुनिष्ट क्लब अफ नेपालको अध्यक्षमा अविन श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्। आइतबार अग्रज कार्टुनिष्ट अशोकमान सिंह र मोहन श्याम मर्हजन 'खोकना'ले क्लबको अधिवेशनको संयुक्तरुपमा उद्घाटन गर्दै नेपाली कार्टुनको विकासमा क्लबले योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नारदमणि हार्तम्छालीले कार्टुनले समाज रुपान्तरणमा भूमिका खेल्ने भन्दै कार्टुनिष्टले समाजका लागि काम गर्नुपर्ने बताए। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपाली कार्टुनका क्षेत्रमा क्लबले सशक्त रुपमा काम गर्ने बताए।

अधिवेशनले श्रेष्ठको नेतृत्व ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। क्लबको उपाध्यक्षमा वासु क्षितिज, महासचिवमा देवेन्द्र थुम्केली, सचिवमा योगेश खपाङ्गी, कोषाध्यक्षमा रविन्द्र मानन्धर र सदस्यहरुमा दिपक गौतम, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, रवि मिश्र र आरके थापा  रहेका छन्।

प्रकाशित: १५ चैत्र २०७३ ०२:२७ मंगलबार

कार्टुनिष्ट क्लबमा दोहोरिए अविन