कला

आकाशले हस्तान्तरण गरे विद्यालय

काठमाडौं- निर्माता/निर्देशक तथा कलाकार आकाश अधिकारीले नुवाकोटमा तीन कोठे विद्यालय भवन हस्तान्तरण गरेका छन्। भूकम्पपछि ललितपुरको मगर गाउ“ र नुवाकोटको थानसिङ्गमा विद्यालय भवन निर्माणमा सघाएका उनले शनिबार नुवाकोटको शिवपुरी गाउ“पालिकास्थित छापमा श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा भूकम्प रहित भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन्। 

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा आकाशले भने–'मलाई सुविधा सम्पन्न स्थानभन्दा पनि राज्य र अन्य निकायको आ“खा नपुगेको स्थानमा सहयोग गर्न मन लाग्छ। साना साना नानीहरु विद्यालयको कक्षा कोठा, भवन राम्रो भएन भने विद्यालय नै आउन छाड्छन्। यसैले म छापमा आइपुगेको हु“।' आकाशले नव–निर्मित भवनमा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीलाई राख्न सुझाव पनि दिए।

भवन निर्माण कार्यक्रममा पुग्दा आकाशसहित उनको टीमलाई विद्यार्थीहरुले स्वागत गरेका थिए। साथमा, कार्यक्रममा आकाशले विद्यालयका विद्यार्थीस“ग नृत्य पनि गरेका थिए। कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरुले आकाश र उनको 'आशाको ज्योती नेपाल' नामक संस्थालाई भवन निर्माण गरिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

भवन निर्माणमा इटालीमा रहेको राम साथी, इको हिमाल, इ पेल्लिवादी लगायतले साथ दिएको अधिकारीले जानकारी गराए ।

प्रकाशित: १४ चैत्र २०७३ ०३:४६ सोमबार

आकाशले हस्तान्तरण गरे विद्यालय