कला

जसले ‘समर लभ’ रिजेक्ट गरे

काठमाडौं- मिस नेपाल अस्मी श्रेष्ठले लेखक सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि बन्न लागेको फिल्मको पर्दामा देखिन अस्वीकार गरिन्। मिस नेपालको आयोजक द हिड्न ट्रेजरसँगको सम्झौता अनुसार एकवर्ष अवधी सामाजिक गतिविधिमा व्यस्त रहनुपर्ने हुँदा उनले ‘समर लभ’ फिल्म खेल्न अस्वीकार गरेकी हुन्। 

त्यसो त विगत दुई वर्षदेखि ‘समर लभ’ फिल्म युनिट अभिनेत्री खोजी कार्य जुटेको थियो। भारतीय मोडल रेवती क्षेत्री अन्ततः वैशाख दोस्रो साताबाट सुटिङ सुरु हुन लागेको ‘समर लभ’ मा ‘साया’ को रुपमा देखिने भएकी छन्। 

फिल्म युनिटका अनुसार उनी पहिलो रोजाई भने थिइनन्। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘ए मेरो हजुर २’ र ‘ऐश्वर्य’ फिल्ममा व्यस्त भएपछि ‘समर लभ’ फिल्म युनिट नेपाली ¥याम्पमा देखिएकी मोडल निती शाह र ओसिन सिटौलाले फिल्म नखेल्ने बताएपछि अन्ततः रेवतीले फिल्ममा अनुबन्धित भएकी हुन्। 

नेपाली र्‍याम्पमा देखिएका प्रियंका रानी जोशी र दीपिका केसीले पनि फिल्म खेल्न अस्वीकार गरेका थिए। फिल्म युनिटका अनुसार फिल्मका अभिनेत्री खोजी गर्दा धेरै मोडलहरुसँग कुराकानी भएको थियो। फिल्म युनिटले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने हल्ला पनि चलाएका थिए। तर अन्तिम समयमा उनी फिल्मबाट बाहिरिइन्। 

भारतीय मोडल रेवती क्षेत्रीलाई फिल्ममा ‘साया’को भूमिकामा अभिनय गर्न गरिएको प्रस्ताव स्वीकार्य भएपछि सबैभन्दा बढी खुसी थिए, निर्देशन मुस्कान ढकाल । उनी सन् २०१५ को फेमिना मिस इन्डियाकी उत्कृष्ट ५ मा परेकी थिइन्।

प्रकाशित: ७ चैत्र २०७३ ०८:१९ सोमबार

जसले समर लभ रिजेक्ट गरे