कला

अभियान लघुकथा लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले कथाकार ध्रुव मधिकर्मीले सम्पादन गरेको अभियान लघुकथा लघुकथासंग्रहकाे लोकार्पण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लोकार्पण गरेका थिए।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार कायस्थले जीवनमा आफूले देखेभोगेका विषय नै कथामा आउने भएकाले त्यसलाई उचित भाषा दिएर सुधार्ने जिम्मा लेखककै हुने बताए। उनले यो शहर आफ्नो पुर्ख्याैली थलो भएकाले ‘म बन्दीपुरे भक्तपुरको’ नामक कृति यसै ठाउँमा लाेकार्पणा गर्ने योजना पनि सुनाए।

सिर्जना अभियान समाज भक्तपुरले कथाकार ध्रुव मधिकर्मीले सम्पादन गरेको अभियान लघुकथा लघुकथासंग्रहकाे लोकार्पण गरेको छ।

सम्पादक तथा कथाकार मधिकर्मीले यता आएर लघुकथा लेखनमा सबैको चासो र सक्रियता बढेको छ भन्दै यसले लघुकथालाई उठाउनमा मदत पुर्‍याउने बताए। उनले लघुकथामा लघुकथाको स्तरीयताको लागि समयको आयाम र दृष्टिकोणतर्फ विशेष सचेतता अपनाउनुपर्ने पनि बताए।

लघुकथा केन्द्रका अध्यक्ष लता केसीले शुभकामना मन्तव्य दिने क्रममा सिर्जना अभियान समाजकाे यस्ताे कार्यले नयाँ स्रष्टाहरूलाई अझै हौसला मिल्ने बताइन्।

सम्पादक तथा कथाकार मधिकर्मीले यता आएर लघुकथा लेखनमा सबैको चासो र सक्रियता बढेको छ भन्दै यसले लघुकथालाई उठाउनमा मदत पुर्‍याउने बताए।

धनमान श्रेष्ठको सभा अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, विनोद नेपाल, निर्मला बराल, हिमलाल श्रेष्ठ, राजेन्द्र चित्रकार, सुनीता निरौला, यमुना प्रधानाङ्ग र मिमला शर्माले लघुकथा वाचन गरेका थिए।

कार्यक्रममा स्रष्टाहरू दिव्य गिरी, रत्न प्रजापति, दुर्गाप्रसाद ग्वालटारे, सुभाषचन्द्र पौडेल, हरिकृष्ण बखुन्छें, ललिता दोषी, इन्दिरा चापागाई, मन्दिरा चापागाई, मनीषकुमार शर्मा, कुमुदप्रसाद शर्मा, हरिगोविन्द भोमी, सानुराजा अन्जान, शान्ता तिम्सीना, लक्ष्मी वैद्य, विनोद ढुंगेल, सूर्य भोमी लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।

सिर्जना अभियान समाजले प्रकाशित गरेको उक्त कृतिमा ६२  लघुकथाकारका समसामयिक विषयका लघुकथा सङगृहीत रहेकाे छ।  

प्रकाशित: ८ जेष्ठ २०८० ०५:१९ सोमबार

अक्षर