कला

गिद्ध गीता

दर्शन

यो गिद्ध गीता भनेको कस्तो होला भन्ने मनमा आउन सक्छ। यो भगवान् श्रीकृष्णले दिनुभएको गीता र विभिन्न अरू गीता भने होइन। यो एउटा आख्यान अनुसार चल्दै आइरहेको लोक कथाको पृष्ठभूमिमा मानिसबीचमा सुन्दै सुनाउँदै आइरहेको कथा हो भने श्रीकृष्णले दिनुभएको ज्ञान र धार्मिक शास्त्रले दिँदै आइरहेको विभिन्न ज्ञानमध्ये एउटा दरिलो भाग चाँहि हो भन्न सकिन्छ। यो कथामा मुख्य पात्र गिद्धबाटै सुरु भएको र ज्ञानवद्र्धक भएकाले यसलाई मैले यहाँ गिद्ध गीता भनी नामकरण मात्र गरेको हुँ।

धेरै वर्षअघि एउटा गाउँमा कौशिक नामका ब्राह्मण रहेछन्। केटाकेटी बेलादेखि नै उसलाई तपस्या गर्न मन लागेको रहेछ। युवा भइसकेपछि उसले बुढाबुढी भइसकेका आफ्ना आमा बाबुसँग तपस्या गर्न वनमा जान लागें, मलाई आशीर्वाद दिनुहोस् भन्दै बिदा मागे।

आफूहरू वृद्ध अवस्थामा पुगिसकेको र एउटा मात्र सन्तानका रूपमा रहेका छोराले यसरी आफूहरूलाई बेसहारा पारेर तपस्या गर्न जान लागेको देखी बुढाबुढी, आमाबाबु दुवैले पिर मानेर भन्छन्, ‘हे बाबु ! हामी कति नै बाँच्छौं र? अस्ताउन लागेको सूर्यझैं भइसकेका हामीलाई छोडेर वनमा जाने कुरा नगर। तिमी वनमा गयौ भने हामीलाई पानी खुवाउने पनि कोही हुँदैनन्। बरु हाम्रो शेषपछि ढुक्क भएर तपस्या गर्न जाऊ, अहिले हतार नगर।’

‘आमाबाबुको कर्तव्य भनेकै आफ्ना सन्तानलाई सुमार्गमा लैजानु हो। तपस्याजस्तो सुमार्गमा जान रोक्नु आमाबाबुको कर्तव्य होइन। तपाईंहरूको सेवा गर्ने कुरामा पिर लिनुपर्दैन। जसले यति ठुलो संसारको सृष्टि गर्‍यो, उसैले तपाईंहरूको पनि रक्षा गर्ने छ। अब मलाई नरोक्नुहोस्।’ छोराको जिद्धिका अगाडि केही नलागेपछि आँखाभरि आँसु पारेर वृद्ध भइसकेका आमाबाबुले बिदा दिए।

कौशिकले आमाबाबुका कुरा नसुनी जिद्धि गरेर भन्छ, ‘आमाबाबुको कर्तव्य भनेकै आफ्ना सन्तानलाई सुमार्गमा लैजानु हो। तपस्याजस्तो सुमार्गमा जान रोक्नु आमाबाबुको कर्तव्य होइन। तपाईंहरूको सेवा गर्ने कुरामा पिर लिनुपर्दैन। जसले यति ठुलो संसारको सृष्टि गर्‍यो, उसैले तपाईंहरूको पनि रक्षा गर्ने छ। अब मलाई नरोक्नुहोस्।’

छोराको जिद्धिका अगाडि केही नलागेपछि आँखाभरि आँसु राखेर वृद्ध भइसकेका आमाबाबुले बिदा दिए।

कौशिक वनमा गई एउटा रुखमुनि बसेर कठोर तपस्या गर्छ। केही वर्ष बितिसकेपछि उसलाई आफूमा धेरै ज्ञान र योग शक्ति प्राप्त भएको ठान्छ। तैपनि लगातार तपस्या गरी नै रहन्छ। एकदिन रुखको हाँगामा बसेका गिद्धले उसको शिरमा लाग्ने गरी बिस्ट्याइदिन्छ। कौशिकले रिसाएको दृष्टिले गिद्धलाई हेर्दा उसको आँखाबाट निस्केको क्रोधको ज्वालाले त्यो गिद्ध त्यहीं भष्म हुन्छ।

आफ्नो कारणले अन्जानमै त्यस गिद्धको हत्या हुन पुगेकाले कौशिकको मन खिन्न हुन्छ। आफ्नो ध्यान त्यो मृत गिद्धबाट अन्यत्र पठाउन ऊ भिक्षा माग्न नजिकैको गाउँमा जान्छ। गाउँमा एउटा घरमा उसले भिक्षा माग्छ। त्यो घरकी महिलाले भिक्षुक कौशिकलाई ‘एकैछिन पर्खनुस् है’ भन्दै भिक्षा दिने पात्र सफा गरिरहन्छिन्। त्यही समयमा त्यस महिलाले वृद्ध आफ्ना ससुराले ठुलो आवाजले खोकी रहेको सुनिन् र तुरुन्तै उसले ससुरालाई औषधि खुवाउन गइन्। ससुराको खोकी कम भइसकेपछि उनी क्षमा माग्दै भिक्षुकलाई भिक्षा दिन आइन्।

धेरैबेर कुरेर बस्नुपरेकाले कौशिकलाई रिस उठिसकेको रहेछ। उसले रिसाएर आँखा रातो पारेर भने– ए अज्ञानी महिला, तिमीमा एउटा तपस्वी भिक्षुलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान रहेनछ। उसको शक्ति कतिसम्म हुन्छ भन्ने पनि थाहा रहेनछ।

कौशिक वनमा गई एउटा रुखमुनि बसेर कठोर तपस्या गर्छ। केही वर्ष बितिसकेपछि उसलाई आफूमा धेरै ज्ञान र योग शक्ति प्राप्त भएको ठान्छ। तैपनि लगातार तपस्या गरी नै रहन्छ।

त्यो महिलाले अलिकता पनि नडराई गर्विलो स्वरले उत्तर दिन्छिन्, ‘हे भिक्षुक ब्राह्मण! त्यो कुरा मलाई पूर्ण रूपमा ज्ञान छ तर बुढा, रोगी ससुराको सेवा गर्नु नै मेरो पहिलो कर्तव्य हो। त्यसैले मैले तपाईंलाई केही समय पर्खाउनुपर्‍यो। यसका लागि क्षमा मागें।’

आफूले यति धेरै कठोर साधना गरेर प्राप्त गरेको ज्ञान र शक्तिको वास्ता नगरी मामुली बुढालाई वास्ता गरेको देखी कौशिकलाई अत्यन्तै रिस उठ्यो। अनि त्यही गिद्धलाई हेरेजस्तै गरी रिसाएर हे¥यो। भिक्षुको यस्तो व्यवहार देखेर त्यस महिलाले साहस गरी भनिन्, ‘हे भिक्षुक! तपाईंले आँखा तरेर नहेर्नुस्। म त्यो निरीह गिद्ध जस्तै होइन तपाईंले रिसले हेर्दैमा भष्म हुने। फेरि मैले तपाईंजस्तो आफ्नो क्रोध र आवेग नियन्त्रण गर्न नसक्ने साधकलाई सच्चा तपस्वीका रूपमा मान्न पनि तयार छैन।’

महिलाको यस्ता साहसपूर्ण कुरा सुनेर कौशिक आश्चर्यमा पर्छ। यी महिलालाई त्यस निर्जन वनमा गिद्धसँग भएको घटना पनि थाहा रहेछ। यी चानचुने महिला होइनन् भन्ने साची उसले मनमनै आफ्नो भूल र कमजोरी ठान्छ। अनि उसले नरम भई अनुरोध गर्छ कि ‘हे आदर्श महिला! मैले आफ्नो व्यवहारले गर्दा आफैमा लज्जा ठानें। कृपया मलाई सच्चा ज्ञान दिनुहोस्।’

त्यस महिलाले सिधै नबताई ज्ञानको बाटो देखाउँदै भनिन्, ‘यदि तपाईंमा साँच्चिकै सच्चा ज्ञान प्राप्त गर्ने इच्छा भएको हो भने मिथिला नगरका धर्मव्याध कहाँ जानोस्।’

आफूले यति धेरै कठोर साधना गरेर प्राप्त गरेको ज्ञान र शक्तिको वास्ता नगरी मामुली बुढालाई वास्ता गरेको देखी कौशिकलाई अत्यन्तै रिस उठ्यो। अनि त्यही गिद्धलाई हेरेजस्तै गरी रिसाएर हेर्‍यो।

धर्मव्याध अवश्य पनि ठुला तपस्वी हुनुपर्छ भन्ने मनमा राखी कौशिक मिथिला नगरमा जान्छ। त्यहाँ पुगिसकेपछि सोधपुछ गर्दै जाँदा धर्मव्याधको पसल भएको कुरा थाहा पाउँछ। तपस्वी मानिस बस्ने स्थान भनेको त एकान्त वनमा मात्र हुनुपर्ने हो। पसल र व्यापार गर्ने ठाउँ भनेको त जसरी भए पनि नाफा लिने काम गरेर द्रव्यपिचास भएर बस्ने ठाउँ पो हो त।

यस्तो स्थानमा धर्मव्याध के गरिरहेको होला? उसले मनमनै कुरा गर्छ। तर टाढाको बाटो हिँडेर आइसकेकाले एकपटक भेटेरै फर्किनु पर्ला भनी अघि बढ्छ। धर्मव्याधको पसलमा पुग्दा ऊ झन् आश्चर्यमा पर्छ। त्यो पसल त मासु बेच्ने पसल पो रहेछ। त्यहाँ एक जना पुरुषले मासु काटी रहेको देखापर्छ।

कौशिक त झनै आश्चर्यमा पर्छ। धर्मव्याध भन्ने मानिस यही हो कि होइन? कतै अन्यत्रै पो परेछ कि? मन द्विविधामा पर्छ। तैपनि संयम गरेर सोधिहेर्छ? धर्मव्याध तपाईं नै हो? उसले उत्तर दिन्छ, ‘हो म नै हुँ धर्मव्याध। तपस्वी ब्राह्मणलाई स्वागत गर्छ।’ धर्मव्याधको उत्तर सुनेर कौशिक धेरै नै आश्चर्यमा परेर मनमनै तर्क गर्न थाल्छ। कतै त्यो महिलाले मलाई छक्याएर बेबकुफ बनाउन खोजेकी त होइन?

‘तपाईंलाई भिक्षा दिने महिलाले ज्ञानका लागि यहाँ पठाएको हुनुपर्छ होइन?’ धर्मव्याधको यो कुरा सुनेर कौशिक झन् आश्चर्यचकित हुन्छ। अनि मनमनै कुरा गर्छ-अहो! यो मानिसलाई त झन् सबै कुरा थाहा रहेछ। यो पक्कै पनि सामान्य होइन रहेछ। सिद्धिप्राप्त तपस्वीजस्तै छ। कौशिकले सोध्छ, ‘तपाईं त महात्मा भनी टाढा टाढासम्म परिचित हुनुहुँदो रहेछ। फेरि यस्तो तल्लो स्तरको व्यवसाय किन गरिरहनुभएको?’

धर्मव्याध अवश्य पनि ठुला तपस्वी हुनुपर्छ भन्ने मनमा राखी कौशिक मिथिला नगरमा जान्छ। त्यहाँ पुगिसकेपछि सोधपुछ गर्दै जाँदा धर्मव्याधको पसल भएको कुरा थाहा पाउँछ।

धर्मव्याधले जवाफमा भन्छ, ‘कुनै काम व्यवसाय ठुलोसानो हुँदैन। जीव हिंसाका कारणले मात्र यसलाई तल्लो स्तरको सम्झिने हो भने हामीले गर्ने जुनसुकै कामलाई पनि तल्लो स्तरको सम्झिनुपर्ने हुन्छ। किनभने हामी बाटोमा हिँड्दा अनि खेती गर्दा पनि किराफट्याङग्राको हत्या भई नै रहन्छ। मासु बेच्ने व्यवसाय मेरो पूर्खादेखि नै चल्दै आइरहेको व्यवसाय हो। आफ्नो परम्परादेखि नै चल्दै आइरहेको व्यवसाय र सामाजिक काम अपनाउनु हाम्रो कर्तव्य नै हो। मैले मासु नबेचे मासुका लागि पालिराखेका पशुहरू कुनै पनि तरिकाले नमारी हुन्न। त्यसैले मेरो व्यवसाय तल्लो स्तरको, नरामो ठान्ने कुनै पनि आधार देखिन्न।’

कौशिकले धर्मव्याधको कुरा र तर्कमा खोट लगाउने ठाउँ नै भेट्टाउन सकेन। त्यसैले ऊ नाजवाफ भयो। धर्मव्याधले कौशिकलाई आफ्नो घरमा लैजान्छ। अनि आफ्ना आमाबुबा र जहान-परिवारलाई देखाउँदै भन्छ, ‘मेरा यी भगवान्समान आमाबुबाको सेवा गर्ने र जहान-केटाकेटीलाई संरक्षण गर्नु नै मेरो तपस्या हो। यही नै प्रत्यक्ष ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले त्यो महिलाले तपाईंलाई म कहाँ पठाएकी हुन्।’

धर्मव्याधले आफ्नो कुरा प्रस्ट पार्दै फेरि भन्छ, ‘तपाईंले आफ्ना असहाय बृद्ध भइसकेका आमाबाबुलाई बेसहारा बनाएर छोडी जानुभएका कारणले तपाईं आफ्नो कर्तव्यमा च्युत हुनुभयो। घरमै गर्न सकिने तपस्या छाडी तपाईं वनमा जानुभयो तपस्वी हुन। तपस्वी हुन घर छोड्नुपर्र्र्दैन। घरमै बसेर आफ्नो कर्तव्य पूरा गर्नु नै ठूलो तपस्या हो।’

धर्मव्याधको सारगर्भित ज्ञानले भरिएको वचन सुनिसकेपछि कौशिकलाई आफ्नो गल्तीको बोध हुन्छ।

कौशिकले धर्मव्याधको कुरा र तर्कमा खोट लगाउने ठाउँ नै भेट्टाउन सकेन। त्यसैले ऊ नाजवाफ भयो।

आफ्नो कर्तव्य पूरा गर्नु, परम्पराको पालना गर्नु र सामाजिक नियम, अनुशासन एवम् मर्यादामा सम्मान गर्नु पनि तपस्या नै हो भन्ने कुरा यो कथाले उजागर गरेको छ। तपस्वी हुन गेरुवस्त्र लगाएर वनमै जानुपर्छ भन्ने हुँदैन। आफ्नो दायित्व बिनाछलकपट निष्पक्ष भएर निर्वाह गर्नु पनि तपस्या नै हो, कर्मरूपी साधना नै हो।

मनमा एउटा मुखमा अर्को राखी व्यवहार गर्ने अनि आफूखुसी जेजे मन लाग्यो त्यही त्यही गर्दै हिँड्नुलाई कहिल्यै पनि मानवोचित कर्मका रूपमा अपनाउन सकिँदैन। आफ्नो जहान, परिवार, आफन्त, समाज र आफ्नो संस्कृति, परम्परा एवम् सबैको मान्यतालाई उजागर गर्दै अघि बढ्नु नै हामी सबैको मुख्य कर्तव्य हो। आफू जुन धरातलमा उभिएर आइरहेको छ, त्यसलाई कहिल्यै पनि हामीले बिर्सनु हुँदैन।  

प्रकाशित: ६ जेष्ठ २०८० ०३:५६ शनिबार

अक्षर