कला

कान्समा डेब्यू गरेकी साराको ड्रेसको चर्चा

फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा डेब्यू गरेकी बलिउड अभिनेत्री सारा अली खानले लगाएको ड्रेसलाई अहिले सबैले मन पराएका छन्।

बलिउड अभिनेत्री सारा लेहेंगा लगाएर कान्सको रातो कार्पेटमा पुगेकी थिइन्। उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै साराको चर्चा भइरहेको छ।

खानको लुक्स र ग्ल्यामरलाई सबैले मन पराइरहेका छन्। साराले लगाएको लेहेंगा सन्दीप खोसलाले बनाएका हुन्।  

रातो कार्पेटमा सञ्चार माध्यमसंग कुरा गर्दै साराले कान्समा आउनु आफ्नो सपना रहेको र आफू अहिले त्यहि छु भन्ने विश्वास नै नलागेको बताएकी थिइन्।  

प्रकाशित: ५ जेष्ठ २०८० ०९:१८ शुक्रबार

सारा अली खान