कला

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

काठमाडौं– जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्। ‘बिलोगिंङ एन्ड फिलिङ एट होम’ नामक थिममा तयार भएको सर्ट फिल्मलाई ‘हेइम्वे’ नामक अभियानअन्तर्गत निर्माण गरिएको हो। 

एयरलाइन्स लुफ्थान्सा मार्केटिङ प्रमुख एलेक्ज्यान्डर स्क्लाउबिचका अनुसार हरेक मानिसको आफ्नो जन्मथलोप्रति देखिने आत्मियतालाई आधार मानेर अर्पनामाथि फिचर गर्दै फिल्म तयार भएको बताए। 

‘लामो समयदेखि घरबाट टाढा रहेको मानिस एक्कासी घर फर्केपछि के गर्छन् भन्ने कुरा बुझ्न चाहन्छौं,’ उनले भने, ‘काठमाडौंमा लुफ्थान्साको सीधा उडान छैन। काठमाडाैं मोडल अर्पनाको घर हो। फिल्ममार्फत उनको कथा प्रस्तुत गरिएको हुँदा नेपालमा खिचिएको हो।’

जर्मनी कम्पनी न्यूल्यान्डहर्जरले निर्माण गरेको सर्ट फिल्ममा अर्पनाको जन्मथलोप्रतिको आत्मिय भावलाई केन्द्रित गरिएको छ । फिल्मलाई नाम्चे बजार वरपर खिचिएको थियो। अभियानअन्तर्गत अन्य चार वटा सर्ट फिल्महरु खिच्न बाँकी छ। 

हाल न्यूर्योकमा नेपाली परम्परागत गर–गहनालाई फ्युजन गराएर अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गरिरहेकी नेपाली ज्वेलरी डिजाइनर एवम् मोडल अर्पना, क्यान्सरबाट निधन भएकी नेपाली कलाकार सुशिला रायमाझीकी छोरी हुन्। 

भिडियाे

प्रकाशित: २१ फाल्गुन २०७३ १०:१३ शनिबार

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना भिडियाे