कला

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

काठमाडौं– गायक राजेश पायल राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको संघका अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो।

संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाले यस किसिमका कार्यक्रमले नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताए। उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थनीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जानकारी दिए।

प्रकाशित: १९ फाल्गुन २०७३ ०६:३१ बिहीबार

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने