कला

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

क्यालिफोर्निया— ८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा यस्तो क्षण देखियो जहाँ कार्यक्रम प्रस्तोताले एउटालाई दिनुपर्ने बेस्ट फिल्मको अवार्ड अर्कै फिल्मलाई घोषणा गरे।

वारेनका अनुसार उनलाई दिइएको खाममा एमा स्टोनको नाम ला ला ल्यान्डका लागि लेखिएको थियो। यही कारण आफू असमञ्जस्यमा परेको उनले बताइन्।

अवार्ड घोषणा गर्न आएका वारेन बेट्टीले बेस्ट फिल्मको घोषणा गर्दै ला ला ल्यान्ड को नाम सार्वजिनक गरे। सो घोषणा पछि ला ला ल्यान्डको पूरै टोली स्टेजमा आयो। उनीहरु त्यहाँ आइपुग्दा नपुग्दै स्थिति फरक देखियो। करिब तीन मिनेटपछि पहिलाको घोषणा गल्ती भएको जानकारी दियो। ‘यो ठट्उली गरेको होइन। मुनलाइटले बेस्ट पिक्चर पाएको छ’, प्रस्तोताले आफ्नो निर्णय सच्याए।

वारेनका अनुसार उनलाई दिइएको खाममा एमा स्टोनको नाम ला ला ल्यान्डका लागि लेखिएको थियो। यही कारण आफू असमञ्जस्यमा परेको उनले बताइन्।

प्रकाशित: १६ फाल्गुन २०७३ ०६:५५ सोमबार

अस्कर अवार्डमा मिनेटभित्र दोस्रो पटक बेस्ट पिक्चर घोषणा