कला

‘नुन–तेल: विगततिर पदयात्रा’ सार्वजनिक

जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेल: विगततिर पदयात्रा’ सार्वजनिक भएको छ। एक कार्यक्रमका बीच केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले उक्त पुस्तकलाई सार्वजनिक गरेका हुन्।

पृथ्वीमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको प्रस्तुत पुस्तकमा लेखक क्षेत्रीले विगतमा खाद्यान्न ढुवानीका लागि गरिने नुन-तेल मार्गको यात्राको सन्दर्भ लेखेका छन्।

पुस्तकमाथि बोल्दै केदारभक्त माथेमाले पुस्तकको लेखन शैली नयाँ किसिमको रहेको भन्दै पाठकलाई कतै आत्मकथा त कतै सामाजिक इतिहास पढेको महसुस गराउने बताए। लेखकको पर्यावरणप्रतिको चिन्ता पुस्तकमा प्रतिबिम्बित भएको बताउँदै माथेमाले पुस्तक निकै स्वादिलो रहेको उल्लेख गरे।

अर्का वक्ता हिमा बिष्टले नुन–तेल बसाइँसराइँलाई अतिरञ्जना नगरी स्वअनुभवका आधारमा बुझाउने किताब भएको बताइन्। पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झक्झक्याएको उल्लेख गरिन्। त्यस्तै केशव बोहराले पुस्तकमा उल्लेखित केही प्रश्नहरू उदृत गर्दै ‘नुन-तेल’ले पिँधमा रहेका विशेषतः अल्पसंख्यक समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण दिएको बताए। 

प्रकाशित: ३० वैशाख २०८० ०२:२५ शनिबार

अक्षर