कला

ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान

बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन्।

उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्। उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका हुन्। १० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन्। आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन।  

आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्येका एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन्। उनका लोकप्रिय चलचित्र 'लगान', '३ इडियट्स', 'पीके', 'दिल चाहता है', 'रंग दे बसन्ती' लगायतका छन् ।

प्रकाशित: २९ वैशाख २०८० ०७:०० शुक्रबार

ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान