आलिया भट्टले हिन्दी फिल्म उद्योगमा हाइवे, उडता पंजाब जस्ता फिल्मबाट आफ्नो अभिनयलाई तिखारिन्।
आलिया पहिलो पटक अमिताभ बच्चनका साथ फिल्ममा देखिने भएकी छन्। अयान मुखर्जीको फिल्ममा उनले अमिताभसँग काम गर्न लागेकी हुन्। आलियाले अमिताभ अहिले पनि जवान जस्तै भएको बताएकी छन्। अमिताभको कुरा गर्ने शैली एक असल साथीको जस्तो भएको उनको भनाई छ। आलियाले अमिताभसँग काम गर्ने मौका मिल्दा आँफु निकै खुशी भएको बताइन्।
युवा अभिनेतामा आफ्नो अभिनयको बारेमा अमिताभको हातले लेखिएको चिठी कहिले प्रप्ता होला भन्ने होड रहने आलियाले बताएकी छन्। आलियाको अहिले सम्म अभिनयको लागि दुई चिठी प्राप्त भइसकेका छन्। उनले ति चिठीलाई फ्रेममा सजाएर राखेको बताएकी छन्।
आयान मुखर्जीको फिल्ममा आलियाले रणवीर कपुर, जोया अख्तरको फिल्ममा रणवीर सिंहका साथ देखिनेछन्।
आफ्नो आई क्यूका कारण हाँसोको पात्र बनिरहने आलियालाई आफुँ हाँसोको पात्र बनेकोमा कुनै दु:ख नभएको बीबीसीमा बताएकी छन्। उनका अनुसार यो उनको व्याक्तित्वको एउटा हिस्सा बनेको छ।
प्रकाशित: ९ फाल्गुन २०७३ ०९:२६ सोमबार