कला

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी

फाइल तस्विर

काठमाडौं—वार्षिक विदामा रहने बालिका लक्ष्यित गरी छैटौं अक्षरा जुनियर स्कूल प्रिन्सेस २०१७ हुने भएको छ। आगामी फागुन र चैतमा वार्षिक परीक्षा दिएर बसेका ७ देखि १३ वर्षका बालिका लक्ष्यित गर्दै उपत्यकाका ७ देखि १३ वर्षका बालिकाहरु यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा भाग लिन चाहनेहरुका लागि फारम खुल्ला गरिएको आयोजक संस्था सिजन मिडियका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए।

चैतको दोस्रो सातासम्म यो प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फारम भर्न सक्नेछन्। १९ चैतमा पहिलो चरणको छनौट गरिने छ भने २० चैतबाट प्रतियोगीको प्रशिक्षण सुरु हुनेछ।

१५ वैशाखमा अन्तिम प्रतिस्पर्धा गरेर जुनियर स्कुल प्रिन्सेस सहित विभिन्न उपाधि प्रदान गरिने आयोजकले बताएका छन्। बिजेताले क्राउन सहित विभिन्न उपहारहरु साइकल मोवाइल ट्याव साथै अक्षरा स्कुलमा छात्रावृत्रि पनि हासिल गर्ने छिन्।

प्रशिक्षणको क्रममा बालिकाहरुलाई काठमाडौंको चन्द्रागिरी केवुलकार, गोदावरी पार्क, छाउनी संग्रहालय, काठमाडौं फनभ्याली, दरवार संग्राहालय, गोदावरी पार्क, चिडियाखाना पशुपति मन्दिर, वौद्ध स्तुपा स्वयम्भु घुमाइनेछ। नृत्य, गायन सिकाइने छ। बालिकाहरुलाई बृद्धाआश्रम, अपाङ्ग वाल सेवा केन्द्र ,बागमती सरसफाई जस्ता सामाजिक काममा पनि सहभागी गराइनेछ।

प्रकाशित: १ फाल्गुन २०७३ ०६:५५ आइतबार

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी