कला

कायरामा सेलिब्रेटीको घुँइचो

काठमाडौं- राजधानीमा दिउँसो मौसम तातिएर साँझसँगै चिसिँदै गर्दा नेपालका चर्चित कलाकारले भने कमलादीस्थित सिटी सेन्टरमा र्‍याम्प नाप्दै माहोल तताए। कायरा बुटिकले आयोजना गरेको 'पा“चौँ कायरा रन वे'मा उनीहरुले र्‍याम्प नापेका हुन्।

अभिनेत्री ऋचा शर्मा, मेलिना मानन्धर, स्वस्तिमा खड्का, वर्षा राउत सो स्टपरको रुपमा र्‍याम्पमा देखिँदा निर्मात्री तथा निर्देशक दीपाश्री निरौला, मोडल नीलम ढकाल पनि उही शैलीमा प्रस्तुत भए।

कलाकारहरु स्टेजमा चढ्दा दर्शकले हुटिङ गर्दै ताली बजाएर स्वागत गरे। कायरा बुटिककी प्रमुख रोजिना श्रेष्ठले नया“नया“ पहिरनको प्रवर्द्धन गर्न हरेक वर्ष सोको आयोजना गर्दै आएको बताइन्। कार्यक्रममा गायक रामकृष्ण ढकाल, धीरज राईले चर्चित गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, हास्य कलाकार महादेव त्रिपाठीको जादुले पनि दर्शकलाई रमाइलो प्रदान गरेको थियो।

कार्यक्रम सञ्चालकका रुपमा प्रस्तुत भएका हास्य कलाकार जितु नेपालले दर्शकलाई हँसाए। सोको कोरियोग्राफी धीरज तण्डुकारले गरेका थिए।

प्रकाशित: २५ माघ २०७३ ०३:५९ मंगलबार

कायरामा सेलिब्रेटीको घुँइचो