कला

‘सरबरिया टोल’ बजारमा

कथाकार राजेन्द्र विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’ बजारमा आएको छ। मधेस आन्दोलनले सामाजिक सद्भावमा पुर्‍याएको क्षति, सत्तामदबाट हुने दुराचार, आधुनिकताले भित्र्याएको सन्त्रास, अन्धविश्वास आदि विषयमा लेखिएका १६ कथाहरू सङ्ग्रहमा समावेश छ।

राजेन्द्र विमल मधेसी समाजका यथार्थलाई कथामा प्रस्तुत गर्ने कथाकार हुन्। उनले आफ्ना कथामा पहाड र मधेसका बीचको भौगोलिक, राजनीतिक तथा सांस्कृतिक द्वन्द्वलाई प्रस्तुत गरेका हुन्छन् । मधेसको जीवन संघर्ष, त्यहाँको राजनीतिक द्वन्द्व तथा यस्ता द्वन्द्वले निम्त्याउने वैरभावनालाई समेत उनका कथामा उतारिएको हुन्छ।

प्रस्तुत सरबरिया टोल कथासङ्ग्रहमा पनि मुख्यतः यस्तै सन्दर्भका कथा रहेका छन्। पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो। 

प्रकाशित: १६ वैशाख २०८० ०४:०३ शनिबार

अक्षर