कला

भारतको प्रख्यात फेसन सोमा उत्रिँदै अन्जली लामा

एउटा भनाई छ- सफलता प्राप्त गर्न आत्मविश्वास र लक्ष्य सही हुनुपर्छ। त्यही आत्मविश्वास र सही लक्ष्यले एक तेस्रो लिङ्गी नेपालीले सफलता हात पारेकी छन्। मोडलिङ बजारमा भारतको 'लेक मी फेसन विक' प्रख्यात मानिन्छ।

सोही फेसन विकको र्‍याम्पमा अन्जली लामा उत्रिने भएकी छन्, एक तेस्रो लिङ्गीको पहिचानसहित। उनले भारतीय फेसन जगतमा पहिलोपटक तेस्रो लिङ्गीको रुपमा आफूलाई उभ्याएउने छिन्।

असल दृढ्ता र साहसलाई देखेरै भारतलगायत संसारका मिडियामा उनी छाइरहेकी छन्। उनले बुधबारदेखि सुरु हुने लेक मी फेसन विकमा सहभागी हुँदैछन्।

यी ३२ वर्षीया मोडल एक पुरुषको रुपमा जन्म लिए पनि शरीरका कारण समाजका घृणित पात्र बनेकी थिइन्। पछि उनले आफ्नो शरीरलाई नै परिवर्तन गरेर महिला बनेकी थिइन्।

ब्लु डायमन्ड सोसाइटीमा रहेर तेस्रो लिङ्गीको हकहितका लागि काम गर्दै आएका उनले एफपीसँगको कुराकानीमा आफ्नो सपना पूरा हुन लागेको बताइन्। 'एक तेस्रो लिङ्गी मोडलका लागि न्युयोर्क, मिलान र पेरिसजस्ता प्रख्यात र्‍याम्पमा हिँड्ने सपना पूरा होउन,' उनले भनेकी छन्। उनले आफू तेस्रो लिङ्गीहरुको प्रेरणा बन्न सकुँ भन्दै आत्मविश्वास र सही लक्ष्यमा हिँड्न आग्रह गरिन्।

 

प्रकाशित: १७ माघ २०७३ ०५:३० सोमबार

भारतको प्रख्यात फेसन सोमा उत्रिँदै अन्जली लामा