कला

भियतनामी कला प्रदर्शन

काठमाडौं- साठी वर्षे भियतनामी कलाकार डेङ केनका प्रिन्ट चित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन शुक्रबार उद्योगी राजेशकाजी श्रेष्ठले गरे। एक दर्जनभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्। आधुनिक कलामा मधुर रङको प्रयोग गर्न खप्पिस केनका चित्रबाट नेपाली कलाकारले धेरै सिक्न सक्ने कला समीक्षक रमेश खनालले बताए।

'जुनेली रातमा पानीको डुंगामाथिका छाप्रासँगै रहेका मछुवार हुन् वा फूलसँगैका युवती, सबै रोमान्टिक लाग्छन्,’ खनालले भने, 'सालिन र फरक शैलीको प्रयोगले केनलाई भियतनामबाहिर पनि प्रसिद्धि दिलाएको छ।'

विभिन्न देशबाट संकलन गरिएका चित्र नेपाली कलाकार र दर्शकका लागि महŒवपूर्ण रहेको खनालले बताए।

प्रदर्शनी हेर्न आएका फ्रेन्ड्स अफ भियतनाम संस्थाका अध्यक्ष अविन चौधरीले नेपालमा पनि उद्योग जगत्ले स्थानीय कलाकारितालाई पर्यटनसँगै जोडेर प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। प्रदर्शनी फागुन ४ गतेसम्म चल्नेछ।

प्रकाशित: १७ माघ २०७३ ०३:२४ सोमबार

भियतनामी कला प्रदर्शन