कला

सबैका एक ‘गुरुदेव’

व्यक्ति

काठमाडौंको पुतलीसडकस्थित नेपाल लफर्ममा कानुनका ठेली राखिएका दराजअघि एउटा कुर्सीमा पत्रिका पढ्दै गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भेटिए। भेट्नासाथ उनले भने, ‘म ९७ वर्ष पुग्न २ महिना बाँकी छ।’ भनिन्छ नि उमेर एउटा नम्बर मात्रै हो। न्याय क्षेत्रका एक जिउँदा इतिहास भण्डारीलाई हेर्दा त्यस्तै लाग्छ।

वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना लेख्छन्, ‘भण्डारीजी अद्भूत मानिस हो–‘न भूतो न भविष्यति’। हुन पनि उनलाई उमेरले दैनिकीमा कुनै असर पारेकै छैन। वरिष्ठदेखि कनिष्ठसम्मका कानुन व्यवसायीले भण्डारीलाई आदरस्वरूप ‘गुरुदेव’ भनेर सम्बोधन गर्छन्।

गुरुदेव उनलाई दिइएको एउटा मौखिक पदवी हो। उनी देशका सबैभन्दा पाका सक्रिय कानुन व्यवसायी हुन्। जो २०१४ सालदेखि थालेको वकालतलाई अहिलेसम्म निरन्तरता दिएका छन्। नेपालकै पहिलो ‘नेपाल ल फर्म’ २०२० सालमा स्थापना गरेका थिए।

काठमाडौंको पुतलीसडकस्थित नेपाल लफर्ममा कानुनका ठेली राखिएका दराजअघि एउटा कुर्सीमा पत्रिका पढ्दै गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भेटिए।

उहिलेदेखिको सक्रियता घटेकै छैन। मुद्दाका मानिससँग दैनिक भेटघाटमै व्यस्त हुन्छन्। इजलासमा हुने बहसमा सक्रियता घटेकै छैन। उनको निरन्तरता देखेर कानुन व्यसायीलाई पनि एक खालको उत्साह, प्रेरणा मिलेको छ। उनलाई दिने सम्मानबाटै थाहा पाउन सकिन्छ। उनी एक इमानदार, आत्मविश्वासी, निडर व्यक्ति हुन्।

२०१३ सालमा कानुनमा स्नातक सकेका गुरुदेव २०२२ सालमा आठौं नम्बरमा वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन्। हाल नेपाल बार काउन्सिलबाट करिब २० हजार जनाले अधिवक्ताको प्रमाणपत्र लिएका छन्। ती सबैका गुरुदेव हुन् उनी।

उनी ९७ वर्षको संघारमा पुगिरहँदा दौरासुरुवाल, कालो कोट, दिनहुँ लौरो टेकेका एक्लै ठमठम हिँडेरै सर्वोच्च अदालत पुगिरहन्छन्। उनलाई हिँड्दा अरूको सहारा रुचाउँदैनन्। आफैं हिँड्न रुचाउँछन्। भण्डारीले हिन्दीमै भने, ‘अकेला चलो’। ‘म एक्लै हिँड्न मन पराउँछु। एक्लै हिँड्दा जोश र घमण्ड दुवै आउँछ’ उनी भन्छन्।

उहिलेदेखिको सक्रियता घटेकै छैन। मुद्दाका मानिससँग दैनिक भेटघाटमै व्यस्त हुन्छन्। इजलासमा हुने बहसमा सक्रियता घटेकै छैन।

उनी सर्वोच्चमा दिनहुँजसो मुद्दामा बहससमेत गर्छन्। मुद्दाको बहस सकेपछि सर्वोच्चको आडैमा रहेको नेपाल बार एसोसिएसनको भवनको कोठामा पुगेर दिन बिताउँछन्।  

२०१७ सालमा राजा महेन्द्रले ‘कु’गरेका बेलादेखि सर्वोच्चमा रिट निवेदन दर्ता गरेर बहस गरेका उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासम्म उनी शासन व्यवस्थामा पनि वकालत गर्दै छन्। उनले सिकाएका कतिपय कानुन व्यवसायी न्यायाधीशदेखि प्रधानन्यायाधीशसम्म भइसकेका छन्। आफ्नै चेलाको अगाडि इजलास अगाडि धेरैपटक बहस गरिसकेका छन्।

पुतलीसडकस्थित भण्डारीको ‘नेपाल ल फर्म’मा कानुन व्यवसायीहरूको व्यावहारिक महाविद्यालय मानिन्छ। उनले सधैं आफ्नो ल फर्मलाई धनलोलुपहरूका लागि कहिल्यै बनाएनन्। आफ्नो मेहनत, इमानदारितामा कहिल्यै डगमगाएनन्। जसले गर्दा उनी सधैंभरि सम्मानित बनिरहेका छन्।

२०१७ सालमा राजा महेन्द्रले ‘कु’गरेका बेलादेखि सर्वोच्चमा रिट निवेदन दर्ता गरेर बहस गरेका उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासम्म उनी शासन व्यवस्थामा पनि वकालत गर्दै छन्।

गुरुदेवकै ल फर्मका चेलाहरू कानुन व्यवसायी केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय र गोविन्दबहादुर श्रेष्ठ प्रधानन्यायाधीश भइसकेका छन्। आफूले सिकाएकाहरू प्रधानन्यायाधीशसम्म पुगेकोमा उनी गौरव गर्छन्। आफ्नै चेला न्यायाधीश, प्रधानन्यायाधीश भइरहँदा उनीहरूकै अगाडिको पोडियममा उभिएर मुद्दामा बहस गर्न कहिल्यै छोडेनन्।

बाल्यकाल

१९८४ साल जेठ २७ मा कृष्णप्रसाद भण्डारी रौतहटको गौरमा उनी सम्पन्न परिवारमा जन्मेका थिए। उनकी आमाको नाम चन्द्रकला भण्डारी हो। ‘केटाकेटीदेखि बडो घमण्डी पाराको थिएँ,’ बाल्यकालको कुरा सोध्दासाथ उनले जवाफ फर्काए। गुरुदेवका बा पशुपति भण्डारीले छोरालाई ‘धुन्धुकारी’ नाम दिएका थिए। जसको अर्थ उदण्ड अर्थात् मनपरि गर्ने हुन्छ।

बाले नाम राखेजस्तै त उनी थिएनन् रे। तर, केही मिल्दोजुल्दो। ‘मसँग केटाकेटीदेखि नै जोश र घमण्ड दुवै थियो,’ मुसक्क हाँस्दै उनले भने।  

बाल्यकालका कुरामा गफिँदा उनले सिनेमाजस्तै सरसर्ती बताउन सक्छन्। उनको स्मरण शक्ति निकै तेज छ। हेर्दा बुढयौलीले छोएजस्तो देखिए पनि उनका कुरा, काम भने कुनै अधबैंसेको भन्दा कम छैन।

१९८४ साल जेठ २७ मा कृष्णप्रसाद भण्डारी रौतहटको गौरमा उनी सम्पन्न परिवारमा जन्मेका थिए। उनकी आमाको नाम चन्द्रकला भण्डारी हो।

सानैदेखि उनलाई कुनै पनि मानिसलाई दुःख दिनु हुँदैन भन्ने भावना थियो। आत्मनिर्णय गर्ने सानैदेखिको बानी। अरूको सहारामा, सल्लाहमा भन्दा आफ्नै पारामा चल्न मन पराउने। उनले सानैदेखिको स्वभाव छोडेनन्। सधैंभरि आफैंसँग बलिया भए। त्यसैले त होला शताब्दी टेक्न तीन वर्ष बाँकी हुँदा पनि हिँडडुल गर्दा कसैले सघाएको मन पराउँदैनन्।

उनका बुवाले तीन दाजुभाइलाई भारतको वनगाउँ लगेर छोडिदिएका थिए। बुवाले पढ्नका लागि एकजना अभिभावक दिने व्यक्तिको साथमा वनगाउँ पुर्‍याएका थिए। ४/५ वर्षकै उमेरमा आमाको काखमा बस्न नपाएकाले आफूहरू ‘टुहुरो’ महसुस गर्थे।

उनका बुबाले विद्यालयमा जग्गा मागेर एउटा फुसको घरसमेत बनाइदिएका थिए। सानै उमेरमा त्यहाँ पुर्‍याउने बुबालाई ‘निर्दयी’ भन्ने गर्छन्। उनले अहिले विद्यालयको नाम सम्झन भने सक्दैनन्। त्यसबेला भारतका राष्ट्रवादी नेता सुभाषचन्द्र बोस उनको विद्यालयमा आएका थिए। त्यति बेलादेखि राजनीतिक चेत घुसेको उनी सम्झन्छन्।

प्राथमिक तह पढेपछि बुवाले फेरि बनारसमा लगेर छाडिदिए। बनारस बसेर अध्ययन गरेका उनले नेपाल फर्केर गौरबाट १९९८ सालमा म्याट्रिक पास गरे। विस्तारै राजनीतिप्रति आकर्षित हुन थाले। उनले त्यहाँ पढ्दापढ्दै २००७ सालको क्रान्तिको हुइम त्यतै पुग्यो।

त्यतिबेलाको आन्दोलनमा ११ जनाको ज्यान गएको सम्झन्छन् उनी। त्यसपछि उनी आइए पढ्न फेरि बनारस गएका थिए। वनगाउँमा पुगेर पढ्नुलाई निकै भाग्यवानी ठानिन्थ्यो त्यतिबेला। उनी भन्छन्, ‘किनकि बाबुले वनगाउँमा लगेर नछोडेको भए अथवा बनारस नपठाएको भए आत्मविश्वासी बन्न सक्दिनथें होला।’

प्राथमिक तह पढेपछि बुवाले फेरि बनारसमा लगेर छाडिदिए। बनारस बसेर अध्ययन गरेका उनले नेपाल फर्केर गौरबाट १९९८ सालमा म्याट्रिक पास गरे। विस्तारै राजनीतिप्रति आकर्षित हुन थाले। 

उनी आफूलाई मेट्रिक पास गरेपछि निकै विद्वान् ठान्थे। ‘पढेर के गर्नु ? भैंसी पाले दूध खान पाइन्छ’ भन्ने धारणा बोक्ने गाउँबाट मेट्रिक गर्नु चानचुने थिएन। पढेको र केही राजनीतिक चेत घुसेका कारण आफूलाई मनमनै ‘रौतहटको राजा’ नै ठान्थे।

बहसको सुरुवात

गुरुदेवले निवेदक वासुदेव भारतीविरुद्ध वीरबहादुर भएको डाँका कुटपिट मुद्दामा २०१५ सालमा पहिलो बहस गरेका थिए। तत्कालीन प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहसहितको ९ जना न्यायाधीशको पूर्ण इजलासमा अधिवक्ताको रूपमा पहिलो बहस गरेका थिए।

२०१७ साल पुस १ गते राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारमाथि ‘कु’ गरेका थिए। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई गैरकानुनी रूपमा थुनामा राख्दा सर्वोच्च अदालतमा २०१८ सालमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

राजाले अदालतका सबै ढोकासहित नागरिकका मौलिक हक, कानुनका सबै हक बन्द गरिदिएका थिए। तर, व्यक्तिगत स्वतन्त्रता ऐन २००४ छुट्टै थियो। त्यो ऐन जीवितै थियो। त्यही ऐनमा टेकेर उनले कोइराला लगायत पक्षमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। बिपी कोइराला, भरत शमशेरलगायतलाई सुन्दरीजल जेलमा राखेको थियो। त्यसविरुद्ध भण्डारीले दर्ता गरेको रिट निवेदन दरबारको आदेशमा अदालतले खारेज गरिदिएको थियो।

राजाले अदालतका सबै ढोकासहित नागरिकका मौलिक हक, कानुनका सबै हक बन्द गरिदिएका थिए। तर, व्यक्तिगत स्वतन्त्रता ऐन २००४ छुट्टै थियो।

उनी राजा महेन्द्रलाई निकै मान्छन्। राजाको दुश्मन भनेको बिपी कोइराला थिए। राजाले तुलसी गिरीलाई खटाएका थिए। गिरीसँग भण्डारीको पनि सम्पर्क थियो। राजाले गिरीलाई भनेका थिए, ‘यो मान्छे विद्वान् छ, निडर छ, चाहेको पद दिनू’ त्यसपछि उनलाई राष्ट्रिय पञ्चायतको सदस्य बनाएका थिए। तर बिपीको पक्षमा रिट निवेदन दायर गर्दा पनि राजाले उनीसँग दुश्मनी कहिल्यै गरेनन्।

२०३३ सालमा स्वदेश फर्किएका बिपी कोइराला, २०४२ सालको बमकान्डमा रामराजाप्रसाद सिंह र २०४५ सालको ह्योजुकाण्डमा नारायणमान बिजुक्छेंका पक्षबाट अदालतमा बहस गरेका थिए।  

प्रतिकूल राजनीतिक अवस्थामा प्रजातन्त्रको पनि वकालत गरेका छन्। देशमा महत्वपूर्ण राजनीतिक मुद्दामा बहस गर्दै आएका उनले पछिल्लो समय २०७७ साल पुसमा केपी शर्मा ओलीले गरेको संसद् विघटनको विपक्षमा निरन्तर बहस गरे। उनी जीवनभर प्रतिपक्षकै रूपमा रहेर काम गरिरहेका छन्।

उनी २०१० सालदेखि २०१३ सालसम्म निर्वाचन अधिकृतका रूपमा नोकरी गरेका थिए। गुरुदेव नेपाल बार एसोसिएसनको कार्यसमितिको दोस्रो कार्यसमितिमा महासचिव भए। बारको तेस्रो कार्यकाल २०१७÷२०१९ गठित कार्यसमितिमा अध्यक्ष बने।

त्यति मात्रै होइन, आठौं २०२६/२०२८ र नवौं २०२८/२०३० सम्म पुनः अध्यक्ष बनेर कार्यकाल सम्हालेका थिए। भण्डारी २०२८ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा चुनिएका थिए। उनी कम्युनिस्ट पार्टीसँग सम्बद्ध भए पनि राष्ट्रिय पञ्चायतको सदस्य भए। त्यहाँभित्र पञ्चायतविरुद्ध गतिविधि गरेको बताउँछन्।

उनी २०१० सालदेखि २०१३ सालसम्म निर्वाचन अधिकृतका रूपमा नोकरी गरेका थिए। गुरुदेव नेपाल बार एसोसिएसनको कार्यसमितिको दोस्रो कार्यसमितिमा महासचिव भए।

२०६४ सालमा ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालको महासचिव पनि भएका थिए। भण्डारीले १६ वर्षसम्म नेपाल ल क्याम्पसमा अध्यापन गरेका थिए। विभिन्न ठाउँमा कानुनी सल्लाहकारको रूपमा काम गरे।

टर्निङ पोइन्ट

उनले तिनजना व्यक्तिलाई जीवनको टर्निङ पोइन्टको रूपमा सम्झन्छन्। गुरुदेव २०११ सालमा काठमाडौंबाट आएका थिए। २०१२ सालमा कानुन पढ्न सुरु गरेका थिए। २०१४ साल वैशाख ३० मा कानुनको प्रमाणपत्र लिएका थिए।

सुशीलकुमार सिन्हा निर्वाचन अफिसमा काम गर्थे। त्यसै सिलसिलामा सिन्हाले उनलाई निर्वाचन कार्यालयमै नोकरी दिलाइदिए। त्यसपछि ल कलेज खुलेपछि उनले पढ्न थालेका थिए। उनले वकिल बनाइदिएको श्रेय सुशीलकुमारलाई नै दिन्छन्। उनले नोकरी लगाइदिएका कारण आफूले कानुन विषय पढ्न पाएको सम्झन्छन्।

उनले तिन जना व्यक्तिलाई जीवनको टर्निङ पोइन्टको रूपमा सम्झन्छन्। गुरुदेव २०११ सालमा काठमाडौंबाट आएका थिए।

पन्नामन तुलाधर सम्झन्छन्। भण्डारी पनि कम्युनिस्ट पार्टीप्रति आस्था राख्थे। उनलाई नेपाल सोभियत मैत्री संघको अध्यक्ष बनाइदिएका थिए। त्यसमा आफूले धेरैलाई पढ्नमा सघाएको सम्झन्छन्। उनलाई ‘रसियन एजेन्ट’समेत भन्थे। उनले मलाई भन्दै जाऊ म नेपालीलाई पढाउँदै जान्छु भन्थे।

सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टले सहयोग गरेका कारण नेपाल-भारतमैत्री समाजको अध्यक्ष पनि बनेको बताउँछन्। बुवाको सम्पत्तिमा राजनीति गर्न नहुने उनको मान्यता छ। आफ्नो सारा सम्पत्ति श्रीमतीको नाममा गरिदिएका थिए। उनी श्रीमतीलाई धेरै बुद्धिमानीको रूपमा सम्झन्छन्। ‘न मेरो घर छ, न कार छ। तर, अर्बपति पत्नीको पति हो’ गर्वका साथ भन्छन् उनी।

राजनीतिमा चासो

उनको सामाजिक एवं राजनीतिक जीवनको सुरुवात २००५ सालदेखि भएको थियो। उनले भारतमा महात्मा गान्धीले सन् १९४२ मा चलाएको ‘भारत छोडो’ आन्दोलनबाट प्रभावित बनेका थिए। त्यसै आन्दोलनका कारण बनारसबाट नेपाल आउनु परेको थियो।

उनले २००७ सालको क्रान्तिमा बन्दुक बोकेर सरकारी फौजसँग लडेका थिए। प्रजातन्त्रको स्थापनापछि सैनिक जयनारायण शर्माका साथ रौतहटका विभिन्न गाउँ घुमेर ३२ वटा प्राथमिक विद्यालय स्थापना गराउन सफल भएका थिए। उनी गाउँमा हुने झगडा पनि मिलाउँथे।

भण्डारीले गणेशमान सिंहलाई रौतहटमै चिनेका थिए। गणेशमानले त्यसबेला त्यति राजनीतिक सहयोग पाएका थिएनन्। भण्डारी रौतहटको उन्नति गणेशमानलाई मान्छन्। राजनीतिक चेत बढ्दै गएपछि उनलाई नेता मान्न थालेका थिए।

उनको सामाजिक एवं राजनीतिक जीवनको सुरुवात २००५ सालदेखि भएको थियो। उनले भारतमा महात्मा गान्धीले सन् १९४२ मा चलाएको ‘भारत छोडो’ आन्दोलनबाट प्रभावित बनेका थिए।

२००७ सालपछि गणेशमान उद्योग मन्त्री बनेका थिए। त्यसपछि उनी रौतहट पुगेका मन्त्रीलाई निकै ठुलो सम्मान भएको भण्डारी सम्झन्छन्। २००८ सालमा गणेशमानसँग भएको विचार भिन्नताले वामपन्थी आन्दोलनमा लागेका थिए। २००९ सालतिर रौतहटको तमसुक पट्टा आन्दोलनका कारण उनी काठमाडौं पस्ने ढोका खुलेको थियो। उनले त्यसै तमसुक पट्टा आन्दोलनलाई रौतहट र भण्डारी परिवारको विकासको रूपमा लिन्छन्।

राजनीतिक चेतका उनी २०२८ सालतिर काठमाडौंको ईंटुबहालमा गरेको भाषणका कारण १७ महिना जेल परेका थिए। उनी २०३८ सालमा डा. केशरजंग रायमाझीसँग छुट्टिएर विष्णुबहादुर मानन्धरले गठन गरेको नेकपा (संयुक्त)मा लागेका थिए।

दैनिकी

उनी बिहान ५ बजे उठ्छन्। खुट्टामा समस्या भएकाले थेरापी गर्छन्। अरू कुनै रोग छैन। १० बजे ल फर्म पुग्छन्। मुद्दाको सूची हेरेपछि उनी सर्वोच्च पुगेर बहस गरेर फर्कन्छन्। साँझमा एक घण्टा घुम्छन्। उनको खानाको आफ्नै तालिका छ। उनलाई गीत, कविताभन्दा धर्मशास्त्र बढ्ता मन पर्छ।

प्रकाशित: ११ वैशाख २०८० ०२:४१ सोमबार

अक्षर