कला

सत्याग्रहको परिचर्चा

साहित्यकार सूर्यप्रसाद लाकोजूको सत्याग्रह कथासंग्रहको विमर्श भएको छ। अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकबारे परिचर्चा गरिएको थियो।

कथासंग्रहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले कथाहरू प्राय हुँदा खाने भुई मान्छेहरूको पीडा, अभाव, उनीहरूको संघर्ष आदि विषयवस्तु बनाएर लेखिएका बताए।

कवितामा जस्तै कथामा पनि राम्रो कलम चलाउन कथाकार सफल रहेको विचार उनले व्यक्त गरेका छन्। जीवन संघर्षमय छ। त्यसैले हरेक परिस्थितिसँग मुकाबिला गरेर जीवन जिउनुपर्ने सन्देश कथाहरूले बोकेको उनले बताए।

कथासंग्रहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले कथाहरू प्राय हुँदा खाने भुई मान्छेहरूको पीडा, अभाव, उनीहरूको संघर्ष आदि विषयवस्तु बनाएर लेखिएका बताए।

त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि रहेको उनले बताए। राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपुतका योगदानको चर्चा गर्दै उनीहरूको त्याग भुल्न नहुने सन्देश पनि कथाहरूमा रहेको कथासंग्रहको टिप्पणी गर्दै घिमिरेले बताए।

वरिष्ठ साहित्यकार श्रीहरि फुयालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उनले कथाकार लाकोजू बहुआयामिक व्यक्तित्व भएको लेखक भएको विचार पोख्दै लाकोजूका कथाहरू सरल तर मार्मिक खालका,  मान्छेको मनलाई छुने खालका छन् भने। उक्त कार्यक्रममा साहित्यकारहरू, संचारकर्मी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपुतका योगदानको चर्चा गर्दै उनीहरूको त्याग भुल्न नहुने सन्देश पनि कथाहरूमा रहेको कथासंग्रहको टिप्पणी गर्दै घिमिरेले बताए।

साहित्यकार लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद गरी तीन दर्जन साहित्यिक कृति प्रकाशित छन्। कविता विधाका सशक्त कवि लाकोजूको यो कथासंग्रह भने पहिलो कृति हो।

प्रकाशित: १० वैशाख २०८० ०७:१७ आइतबार

अक्षर