कला

राजधानीमा ‘द डायरी अफ आना फ्याकं’ मञ्चन हुँदै

काठमाडौं– संसारभर वर्चश्व कायम गर्न नाजी जर्मनीका क्रूर शासक अडोल्फ हिटलरले मारेका ११ करोड मानिसको सम्झना स्वरुप ‘द डायरी अफ आना फ्याकं’ नामक नाटक राजधानीमा मञ्चन हुने भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ‘द डायरी अफ आना फ्याकं’ नामक नाटकबारे जानकारी गराइयो।

‘नाजी शासकबाट ज्यान गुमाएका ११ करोड मानिसको सम्झना गर्दै आयोजना हुन लागेको इन्टरनेशनल होलोकस्ट रिमेम्बरेन्स् डेको अवसर पारेर नाटक मञ्चन हुन लागेको हो। मारिएका मानिसको परिवारले हालसम्मपनि त्यो विवत्स घटना भुल्न सकेको छैन्,’नेपालका लागि इजरायली राजदूत यारोन मेयरले भने। इन्टरनेशनल होलोकस्ट रिमेम्बरेन्स् डेको अवसर पारेर आगामी शुक्रबार बज्र्र होटलस्थित नागा थिएटरमा मञ्चन हुन लागेको नाटकमा आनाको अनुभूति प्रस्तुत गरिदैंछ।

नेदरल्यान्डमा नाजीले कब्जा गरेको भू–भागमा परिवारसँग लुकेर बसेकी १५ वर्षीय यहूदी समुदायकी आना फ्याकंले लेखेको डायरीमा आधारित नाटकलाई वान वल्र्ड थिएटरले निर्माण गरेको हो। लामो समयदेखि भोको रहेकी आना नाजीको कन्टन्ट्रेसन क्याम्पमा नांगो जगाइएकी पात्र हुन्। ६० भाषामा सार्वजनिक भइसकेको ‘द डायरी अफ आना फ्याकं’ नामक पुस्तकलाई नाटकमा उतार्ने जमार्को भने निर्देशक डेबोरा मेरोलाले गरेकी छिन्।

‘यो नाटकको तयारीको दौरान यहूदी संस्कृतिलाई बुझ्ने अवसर पाएका छौं। नाजी शासकबाट विवत्स हत्या गरिएकी १५ वर्षीय आनाको डायरीमा आधारित नाटकले बालिका शिक्षामा जोड दिएका छ,’निर्देशक डेबोरा मेरोलाले भनिन्। नाटक निर्माणलाई इजरायली दूतावास, जर्मनी दूतावास, युएन र युरोपियन युनियनले सहयोग गरेको छ।

‘यो नाटकको रिहर्सल गरिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाकोले नकापधारीले गरेको आक्रमनपछि ‘मलँई बुबा बन्न लाजमर्दो भयो’ भन्ने संवादको झझल्को दिइरहेको छ,’कलाकार राजकुमार पुडासैनीले भने,‘यो नाटकले बालिका शिक्षामा जोड दिनेछ भन्नेमा आशावादी छु।’नेपाली थिएटरमा झण्डै १४ वर्ष सक्रिय भएर काम गरिसकेका कलाकार पुडासैनी नाटकमा आनाका बुबा ओटा फ्याकंको भूमिकामा देखिदैंछन्। नाटकमा रोजिता बुद्धचार्य, राजकुमार पुडासैनी, लुनिभा तुलाधर, आशान्त शर्मा, रोजी स्वायिस्, अमित ढकाल, गोपाल अर्याल र हिमान्सु अग्रवाल लगायतले अभिनय गर्दैछन्। २ घण्टा लामो नाटकको स्टेजलाई रजेन्द्रनाथ श्रेष्ठ तयार गरेका छन्।

त्यस्तै कविराज लामाले भेषभुषा, ध्वनी विजया कार्कीले सम्हालेका छन्। शुक्रबारबाट मञ्चन हुने नाटक माघ १९ सम्म नागा थिएटरमा मञ्चन भएलगत्तै यलमाया केन्द्रमा प्रस्तुत गरिनेछ। इन्टरनेशनल होलोकस्ट रिमेम्बरेन्स् डेको अवसर पारेर युएनले फिल्म र फोटो प्रदर्शनी समेत गर्दैछ।

प्रकाशित: ११ माघ २०७३ ११:०२ मंगलबार

राजधानीमा डायरी अफ आना फ्याकं मञ्चन हुँदै