कक्षा दशका विद्यार्थीहरूलाई भियाई-नभियाई देखिन्थ्यो।
अघिल्लो वर्ष पास भएर गएका सबै दाइ-दिदीका लागि बिदाई भोजको पनि कार्यक्रम आयोजना गरिएको थियो। सबै मिलेर राम्रो मन्च सजावटको साथै कार्यक्रमका लागि सबै तयारी गरिएको थियो।
निर्धारित समयमा सबै विद्यार्थी उपस्थित भएका थिए। गुरुगुरुआमाहरूले फलामे ढोका पार भएका विद्यार्थीहरूलाई टीका र खादा लगाइदिंदै उज्ज्वल भविष्यको कामना गर्दै आशीर्वाद दिए।
अन्य विद्यार्थीहरूले आआफ्ना राम्रा प्रस्तुति प्रस्तुत गरे। अब पास भएर गएका विद्यार्थीले आआफ्ना भनाइहरू राख्न थाले। स्कुल जीवन सकिएपछि स्कुलको महत्त्व बुझेको र स्कुलको सम्झना आइरहेको बताए।
स्कुलमा बदमास गर्ने क्रममा शिक्षकले दिएको थप्पडले आफू परिवर्तन भएको एक विद्यार्थीले बतायो। आफ्ना अभिभावकले बच्चाले गल्ती गर्दा सम्झाएर सही बाटामा ल्याए जस्तो गुरुहरू पनि हाम्रा लागि सही बाटो देखाउने अभिभावक सरह नै हुन्। गुरुको महत्त्व बुझेर उहाँहरूलाई आदर गर्न सिक्नुपर्छ भन्दै ऊ बोल्न सकेन। सके आफूले विद्यार्थी जीवनमा गरेको बदमासको माफी माग्न खोज्दै थियो।
उसका आँखाहरूबाट अनायसै अश्रुधारा बग्न थाल्यो। दर्शक बनेर हेरेका सबै शिक्षक र विद्यार्थीका आँखा रसायो।
प्रकाशित: ८ वैशाख २०८० ०७:१७ शुक्रबार