कला

मन्जिला अनिल र गोधूलि संसार

पुस्तक

काठमाडौंको डिल्लीबजारमा बुवा केदारप्रसाद शर्मा आमा सनम शर्माकी सुपुत्रीका रूपमा २०२९ साल भदौ २९ गते मन्जिला अनिलको जन्म भएको हो। उनी हाल गौशाला काठमाडौंमा बस्छिन्। उनी सखी प्रतिष्ठानकी अध्यक्ष हुन्। उनी सखी प्रतिष्ठान जस्ता दर्जनौं साहित्यिक संघसंस्थामा आबद्ध छिन्। कार्यक्रम संचालन तथा उदघोषणमा उनी निकै लोकप्रिय छिन्।

उनका मन्जिल कवितासंग्रह २०७३ र गोधूलि संसार २०७६  उपन्यास प्रकाशित छन्।

काठमाडौंको डिल्लीबजारमा बुवा केदारप्रसाद शर्मा आमा सनम शर्माकी सुपुत्रीका रूपमा २०२९ साल भदौ २९ गते मन्जिला अनिलको जन्म भएको हो।

सुन्दर एवं मार्मिक शीर्षकमा राष्ट्र कवि माधवप्रसाद घिमिरेले लेखेका छन्। सत्यमोहन जोशीले पनि लेखेका छन्। आख्यानमा पहिलो प्रयास शीर्षकमा मन्जिला अनिलले लेखेकी छिन्।

आयाम

गोधूलि संसार सरल नेपाली भाषामा लेखिएको छ। कवितालाई उपन्यासको बिचमा हालिएको छ।उपन्यासमा छब्बीस भाग छ। छोटाछोटा भाग छुट्याइएको छ। पृष्ठ पन्ध्रबाट भाग एक सुरु भएको छ र छब्बीस भाग एक सय बैसठ्ठी पृष्ठमा सकिएको छ।

उपन्यासभित्र

हिउँदको एक उदास बिहान विस्तारै ओर्लियो। एकान्त गाउँबस्तीहरू आङ तन्काउँदै बिउँझिन थाले। बिहानीको आगमनसँगै बिर्खबहादुर पनि उठ्यो। यसरी उपन्यास सुरु भएको छ।

-बिर्खबहादुरको खजमजिएको अनुहारको भाषा पढ्न गोमालाई कुनै समय लागेन। गोमा बिर्खबहादुरकी पत्नी।

-मार्‍यो बज्याले यो आवाज रामबहादुरको मुखबाट फुत्किएर सिंगो वातावरणभरि फैलियो।

-तेरो लोग्नेले मेरो लोग्नेलाई मार्‍यो।

-गोमा झन् डरले खुम्चिइन्।

-चार वर्षको छोरालाई पिठ्युँमा बोकिन् र छोरीलाई डोर्‍याउँदै झिसमिसेमा गाउँ छाडिन्।

उपन्यासभित्र हिउँदको एक उदास बिहान विस्तारै ओर्लियो। एकान्त गाउँबस्तीहरू आङ तन्काउँदै बिउँझिन थाले। बिहानीको आगमनसँगै बिर्खबहादुर पनि उठ्यो। यसरी उपन्यास सुरु भएको छ।

आमाको विरहमा प्रशान्तले कविता लेखेका छन्,

न बाटो छन् ठेगाना खोजूँ म कहाँ

पाइलापाइला नाप्दै छु म आमा

कति आँसु मेरो पोल्टाभरि

भाग्यका रेखा खोटा रहेछ।

अर्को पात्र राजेशले पनि कविता लेखेका छन्,

मलाई किन जन्म दियौ आमा

यो धर्तीमा बोझ भएर

छैन सत्य वस्तु खोजूँ कहाँ आमा

तिम्रो न्यानो काख म हेर।

आमाको प्रेममा वियोगको क्षणमा लेखिएका छन्।

बिर्खेका सपनाबारे धेरै लेखिएको छ। त्यो रात बिर्खेले नितान्त नौलो र पृथक् सपना देख्यो।

बिर्खे र गोमाका छोरा प्रशान्तलाई गाउँमा सम्मान गरिएको छ। त्यो कार्यक्रममा छुट्टिएको परिवारको मिलन भएको छ। गोधूलि संसार सामाजिक उपन्यास रहेको छ।

भाषाशैली

भाषा सरल नेपाली भाषा प्रयोग गरिएको छ। छब्बीस भागमा छुट्टयाइएको छ। पन्ध्र पृष्ठबाट सुरु भएर एक सय बैसठ्ठी पृष्ठमा सकिएको छ। पुस्तक पढ्दै गर्दा घरिघरि कविता पढ्न दिइएको छ। अभावका दिन कठिन हुन्छ। जीवन पढेको अनुभूति हुन्छ। कविता पढेको जस्तो लाग्छ। भावमा बगेर पढ्न पाएको पुस्तकमा मन बग्छ।

उपन्यासमा प्राप्त हुने सूक्तिमयताले उपन्यासको स्वाद निकै बढाएको छ। घोत्लिन बाध्य गराउँछ। प्रस्तुतिमा अनेकौं आवेग छन्। अनेकौं आयाम छन् र कल्पनाको अनन्त उडान छन्।

पुस्तक पढ्दै गर्दा घरिघरि कविता पढ्न दिइएको छ। अभावका दिन कठिन हुन्छ। जीवन पढेको अनुभूति हुन्छ। कविता पढेको जस्तो लाग्छ। भावमा बगेर पढ्न पाएको पुस्तकमा मन बग्छ।

पात्र चरित्र

बिर्खबहादुर र उसकी श्रीमती गोमा छिन्। गरिबी अभावमा जीवनको पाटा छन्।

छोरा प्रशान्त छ। बिर्खबहादुर जेल गएपछि सुरु भएको उपन्यास बिर्खबहादुरसँग भेट भएपछि सकिएको छ। शिला, राजेश, देवकुमार, रेखा, रामबहादुर,रोमी, रामजी, कैलाश, शिखा, सेती मगर्नी रमेश सर जस्ता पात्र छन्। आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेका छन्।

परिवेश

नेपालका विभिन्न ठाउँलाई परिवेश बनाएर लेखिएको छ। घरभित्र जेल होटल गाउँलाई परिवेश बनाएर लेखिएका छन्। नेपालभित्रका परिवेशलाई मुख्य आधार मानेर लेखिएको छ।

उद्देश्य

सन्तानका लागि जीवनमा के गरिंदैन। एउटी आमाले सकेको गर्छे। समय सधैं एकनास हुँदैन। मान्छेले सोचेका सबै कुरा पूरा हुँदैनन्। आज खुसीले बिताएका क्षण केही समयपछि नहुन सक्छ।

मृत्युको पछि लाग्न सकिन्न, सन्तानको पीडा कम गर्न नसकेको अवस्थामा समस्याको समाधान खोज्नुपर्छ। समस्यालाई जटिल बनाउनेतर्फ लाग्नु हुन्न। तर, केही उपाय पनि भेट्नुपर्‍यो। समस्याको चपेटामा परेको सबैलाई सहज जीवन जिउन उत्प्रेरित गरिएको छ। आज जे छ त्यसमा बाँकीको जीवनको बाटो खोजौं भन्ने उद्देश्यले लेखिएको छ।

निष्कर्ष

गोधूलि संसार उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ। बिर्खेको सपनाहरूले भविष्यवाणी गरेका छन्। उसका सपनामा पनि साहित्यका धार बगेका छन्।

मनभित्रको अन्तरद्वन्द्वले बाँच्न सकिन्न कठिनाइलाई भोग्दै अगाडि बढनु नै जीवनको जित हो। सम्वेदना कहाँ र कहिले लिने र दिने भन्ने कुराको सुन्दर रूपमा प्रस्तुत गरिएको छ भन्दै साहित्यकार मन्जिला अनिलको सफल साहित्य यात्राको कामना गर्दै बिदा चाहन्छु।

प्रकाशित: ६ वैशाख २०८० ०६:१९ बुधबार

अक्षर