बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी’ पाइरेसीको मारमा परेको छ।
सामाजिक सञ्जालबाट सिनेमा पाइरेसी भइरहेको भन्दै निर्माता मणिराम पोखरेलले प्रहरी उजुरी दिएका हुन्।
आइतबार उनले पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन्।
अहिले चलचित्र जारीको केहि दुश्यहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ।
प्रकाशित: ३ वैशाख २०८० ०७:२२ आइतबार