कला

हलिउडको ‘द डभ साइमन’ फिल्म कार्यशाला नेपालमा

‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुलबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजना गरिएकाे कार्यक्रममा सहभागिहरू। तस्बिरः प्रबिन काेइराला

काठमाडौं– हलिउड निर्माता डभ साइमनले नेपालमा ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल संञ्चालन गर्दैछन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुलबारे जानकारी गराइयो।

‘दुई दिने कार्यशालामा फिल्मको बजेट र अन्तराष्ट्र्रिय बजारको खोजीमा केन्द्रित हुनेछ। कम बजेटमा राम्रा फिल्महरु निर्माण गरेर अन्तराष्ट्रिय महोत्सवमा सहभागि हुने विषयहरु समावेश गर्नेछु,’ स्काईपमार्फत कुरा गर्दै हलिउड निर्माता डभ साइमनले भने,‘फिल्मको स्क्रिप्टदेखि अन्तराष्ट्र्रिय बजारसम्म पुग्न फिल्ममेकरहरुलाई कार्यशालाले सहयोग पु¥याउने छ भन्नेमा आशावादी छु।’

आगामी माघ नौं र १० मा राजधानीको नेपाल पर्यटन विकास बोर्डमा आयोजना द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुललाई  द काठमाडौं स्कुल अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा संञ्चालन गर्दैछ। संसारभर झण्डै ३४ देशमा आयोजना भइसकेको डभ साइमनको दुई दिने कार्यशालामा हलिउड अभिनेता विल स्मिथ, क्वीन लाटिफा, क्रिस्टोफर नोलन, स्पाइक ली, जर्ज क्लोनी र क्वीन्टिन टाराटिनो लगायत सहभागि भइसकेका छन्।

‘हामीले सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिइरहेका छौं। यसै अन्तर्गत निर्माता डभ साइमनले फिल्मको व्यापारलाई केन्द्रित गरेर कार्यशालाको आयोजना गर्दैछौं,’अमेरिकी दूतावासका कल्चर्ल अफिसर विलियम एन होटोन जेआरले भने।
दुई दिने कार्यशालामा स्क्रिप्ट, निर्देशन, निर्माण, अन्तराष्ट्र्रि फिल्म महोत्सवको महत्व र अन्तराष्ट्र्रिय बजार लगायत विषयलाई प्राथमिकतामा राखिएको छ।

‘दुई दिने कार्यशालामा सहभागि हुन चाहने इच्छुक सहभागिले ६ हजार तिरेर सहभागिता जनाउन सक्नेछन्। कार्यशालामा बढीमा एक सय ५० जना सहभागिहरुमात्र सहभागि हुनसक्नेछन्,’ कार्यक्रममा निर्देशक मुरे केरले भने। द काठमाडौं स्कुल अफ सिनेमाले यसअघि स्क्रिप्ट लेखन, निर्देशन र सिनेमेट्रोग्राफीबारे विभिन्न कार्यशाला दिदैं आएको छ।

 

प्रकाशित: २१ पुस २०७३ १३:१४ बिहीबार

हलिउडको डभ साइमन फिल्म कार्यशाला नेपालमा