कला

जहाँ युवा विदेश बिक्रीमा हुन्छन्

मुक्तक

 (१) मुक्तक

माया गर्ने तिमी हौ, अरूको त धाकमा हुन्छु,

कहिले दिक्दारी त कहिले ठीकठाकमा हुन्छु।

नखोज्नु मलाई आजकाल तिम्रो भूगोलमा,

म अचेल फेसबुक, ट्वीटर, टिकटकमा हुन्छु।

 (२) मुक्तक

जनता गरिबीको सिक्रीमा हुन्छन्,

नेता नेतृत्व निष्फिक्रीमा हुन्छन्।

हुँदैछ बालक र वृद्धको देश मेरो,

जहाँ युवा विदेश बिक्रीमा हुन्छन्।

 (३) मुक्तक

थाहा कस्लाई छैन र कुरा लगाई हिंड्छ्यौ,

घाउ नै घाउ छ मनमा छुरा लगाई हिंड्छ्यौ।

दिन दिनकै महँगीले सातो उडाइसक्यो,

छोटोछोटो लाउन भन्या पूरा लगाई हिंड्छ्यौ।

 (४) मुक्तक

खेल शुरू भो,खोजी गोलको मात्र हो,

रोज्ने चोक्टा तर कुरा झोलको मात्र हो।

दाम्लो जत्रो होस् पसेउटो एउटै हुन्छ,

सामान मन पर्‍यो बाँकी मोलको मात्र हो।

 (५) मुक्तक

छैन सधैं जनता सोझा हुनुपर्छ सिधा हुनुपर्छ,

एउटै वाचा, कसम र शैलीको फिदा हुनुपर्छ।

विगत, वर्तमान र भविष्यको हिसाबकिताब गरौं,

कसले बधाई खानुपर्छ र कसले बिदा हुनुपर्छ।

प्रकाशित: २७ चैत्र २०७९ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App