कला

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो। 

ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्वउपकुलपति, उपकुलपति र प्राज्ञहरुले संयुक्त रुपमा लोकार्पण गरे। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिहरु, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञहरुको उपस्थिति रहेको थियो। ग्रन्थ प्राज्ञ शशी लुमुम्बूले सम्पादन गरेका हुन।   

प्रकाशित: २४ चैत्र २०७९ १२:३८ शुक्रबार