कला

केकी र कर्मालाई सहज भएन 'लभ सासा'

काठमाडौं- प्रेम मनोविज्ञानमा आधारित फिल्म 'लभ सासा' मा अभिनय गर्न नायक कर्म शाक्य र नायिका केकी अधिकारीलाई सहज भने भएन्। प्रदर्शनीको मिती नजिकिदै गर्दा 'लभ सासा'का नायक नायिकाले अभिनय गर्न भने निकै असजहता झेलेको सुनाए।

अघिल्ला फिल्मका वस्तुवादी कथामा अभिनय गर्न बरु उनीहरुलाई सहज लागे। तर आफ्नै परिवेशका कथामा जम्न निकै हम्मे लागेको नायिका केकी बताउँछिन्। बुधबार संचारकर्मीसँगको कुराकानीका क्रममा उनले सामान्य कुराहरु अभिनयमा उतार्दा भोगेका कठिानाई उल्लेख गरिन्। 'सम्वादहरु निकै राम्रा छन् ,'उनले भनिन् ,'सामान्य जीवनका कुरा नै हुन तर पनि त्यसलाई व्यवहारमै उतारे झै गर्न गाह्रो भयो।' उनले यसअघि मसान जस्तो पुरानो कथा सहित पन्द्र फिल्ममा काम गरेपनि यत्तिको गह्रौ अभिनय नगरेको उल्लेख गरिन्।

उनी लभ सासामा सासाको भुमिका छिन्। एउटी तरुनी युवती कसैसँगको प्रेममा पर्दाका साना साना पलहरुलाई उनले पर्दामा ल्याउँदैछिन्। 'सबैले जीवनमा एक न एक पटक भोग्ने जीवनको त्यो पल आफैले महसुस गरेर निकाल्नु नै ठूलो कठिनाई थियो,'उनको थप अनुभव छ । उनीजस्तै फोटोग्राफरको भुमिकामा देखिने कर्म शाक्यलाई पनि साना साना हाउ भाउ र भाव भंगिमाका कथा अनुहारमा बुन्न असहज नै भयो।

'शुरुमा रिहर्सलमा बस्यौं त्यसपछि अभिनयमा गयौं,' उनले सुनाए, 'तर पनि आफै हो त्यो गर भनेर निर्देशकले भन्दा झन गाह्रो भयो।' सानो संसारको भुमिकामा उनले केही त्यस्ता अनुभती संगालेपनि गहिरिएर मानविय मनोविज्ञान केलाएको भने लभ सासामै हो।

बैशालु जीवनमा एकपछि अर्को चाहनाका लहरमा दुई जवान युवा युवती विस्तारै डोरिन्छन्। उनीहरुले प्रेमगर्दाका क्षणलाई व्यक्त गरेको अभिनय हेर्न भने पुस २८ गते पछि नै हलमा हेर्न पाइन्छ।

जीवनका एउटा मिठो टुक्रा भनेर निर्देशक तथा लेखक प्रचण्डमान श्रेष्ठ लभसासालाई भन्न रुचाउँछन्। ठूला विषयमा भन्दा साना विषयमै काम गर्न त्यसैपनि कठिन हुने तर्क श्रेष्ठ गर्छन। 'भिसा गर्ल गर्दा नै मैले त्यस्तै केही मसिना कुरा गरेको थिएँ', उनी सुनाउँछन् ,'लभसासामा सासाले अपनाएको द्वैधताले पनि नायिकालाई झन जटिल बनाउँछ।' उनका अनुसार सासा छिनमै खुशी हुने छिनमै दुखी हुने एउटी प्रेमदोधारकी पात्रा हुन्छिन्। आम नेपाली केटीले प्रेम विछोडमा कस्ता समस्या भोग्नुपर्छ भन्ने दृष्टान्त स्पष्ट पार्न पनि लभ सासाले सघाउने दाबी उनले गरे।

दर्शकको ध्यान नेपाली फिल्मतिर तानिएकै बेला प्रदर्शनीमा आउन थालेका फिल्म चलिरहेको भन्दा फरक धारको भएको उनको दाबी छ। दर्शकले अब आफै जज गर्न थालिसके त्यसैले पनि म आशावादी छु श्रेष्ठ थप्छन्। फिल्ममा रेमन दासलाई दिने भनेर तय गरेको भुमिका उनी अस्वस्थ भएपछि असिफ शाहलाई दिइएको थियो। चारवर्ष अघिदेखि नै योजना बनाएपनि अहिले समय ठीक लागेकाले लभ सासा लिएर आएको उनले जनाए।

माधव वाग्लेको निर्माणमा प्रचण्डमान श्रेष्ठ निर्देशित 'लभ सासा'मा कर्म शाक्य र केकी अधिकारी ,असिफ शाहको मुख्य अभिनय रहेको छ।

प्रकाशित: १४ पुस २०७३ ०३:३१ बिहीबार

केकी कर्मालाई सहज भएन लभ सासा